विश्‍व मानव अधिकार दिवसको अवसरमा पुनरउत्थान नेपालद्वारा रक्तदान

विश्‍व मानव अधिकार दिवसको अवसरमा पुनरउत्थान नेपालद्वारा रक्तदान
Bwtech New Add With Software & Bull SMS

मंसिर २५, राजविराज ।
विश्व मानवअधिकार दिवसको अवसर पारेर पुनरउत्थान नेपाल (Regenerate Nepal) द्वारा सप्तरीको मलेठ  गाविसको कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाका सभापति रामजी यादवको अध्यक्षता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव गजेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २२ जना रगतदाताले रक्तदान गरेको थियो । रक्तदान गर्नेहरुमा प्रमुख अतिथि गजेन्द्र मण्डल, संस्थाका सभापति रामजी यादव, दिपक मण्डल, उज्जवल आनन्द, सरोज यादव, सुरेन्द्र यादव, महेश यादव, पप्पु यादव, शम्भु प्रसाद यादव, राजेश कुमार दास, विलियम यादव, सुनिल यादव, मो. मोहसिन, मो. फिरोज, बिनोद साह, राजेश यादव, पुरुषोत्तम वर्मा, मुकेश कुमार मण्डल, अरविन्द मण्डल, इन्दल यादव, संजिव यादव, राजेश यादव लगायतको सहभागिता रहेको थियो ।
Regenerate Nepal in Effort to Lift People भन्‍ने मुल नाराका साथ सम्पन्‍न भएको रक्तदान कार्यक्रममा मो. फिरोज, राजधानी यातायात, भिमराज ईटा उद्योग, यदुवंशी रिकण्डिसन सेन्टर, खादिजा ट्रेडर्स र माँ दन्तकाली इन्टरप्राइजेजले सहयोग गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *