विभेदमा पारिएका वर्गलाई मुलधारमा ल्याउनुपर्छः अध्यक्ष अर्याल

विभेदमा पारिएका वर्गलाई मुलधारमा ल्याउनुपर्छः अध्यक्ष अर्याल
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ मंसिर । ६८औं विश्व मानव अधिकार दिवसका अवसरमा शनिवार मानव अधिकार सङ्गठनद्वारा राजविराजमा शनिवार विचार गोष्ठि तथा सम्मान कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले राज्यको शासन ब्यवस्थाका कारण विभेदको महसुस गरेका वर्गलाई मुल धारमा ल्याउन सके दलित, जनजाती, महिला, मधेशी, अल्पसंख्यक लगायतलाई सन्तुष्ट वनाउने सकिने बताए । अरुलाई दोस दिएर र मुख ताकेर मात्रै अधिकार प्राप्त नहुने भन्दै अर्यालले परिवर्तन आफैवाट सुरु गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झाले नेपालको संविधानले नै मधेशीहरुको अधिकार हनन् गरेको वताउँदै संविधानले मधेशीको अंश र वंशमा आक्रमण गरेको टिप्पणी गरे । झापा, सुनसरी, मोरङ्ग, कैलाली र कंचनपुर जिल्लालाई मधेशवाट काटेर अंशमा तथा नागरिक्ताको कुराले वंशमा आक्रमण गरेको बताए । सांसद मुख्तार अहमदले संविधान संसोधनकालागि संसदमा दर्ता भएको विधेयक विना अवरोध पारित हुनुपर्ने तर्क राखे ।
मधेश आन्दोलनका क्रममा कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयमा आक्रमण भएको विषय उल्लेख गर्दै त्यस्ता घटना पनि अधिकार हनन् भित्रै पर्ने भएकाले सवैले सचेत हुनुपर्ने बताए । संगठनका संस्थापक खुसीलाल मण्डलले यति वेला सवै मिलेर हालसम्म प्राप्त उपलब्धीको रक्षा गर्नु पर्ने बताए । संविधान संसोधनका नाममा अहिले भईरहेका आन्दोलन संविधान विफल वनाउने र प्राप्त उपलब्धी पनि नष्ट गर्ने षडयन्त्र भईरहेको उनले प्रष्ट पारे । मानव अधिकार संरक्षणमा विभिन्न क्षेत्रवाट योगदान पु¥याउने १० जनालाई सम्मान समेत गरिएको छ ।
संगठनका संस्थापक खुसीलाल मण्डल, वरिष्ठ अधिवक्ता हिम्मत सिंह, वरिष्ठ पत्रकार शिवहरी भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र साह, नेपाल शिक्षक संघका पुर्व केन्द्रिय उपाध्यक्ष विजयानन्द झा, शिक्षक युनियनका पुर्व अध्यक्ष, भवेन्द्र प्रसाद यादव, शिक्षक संघका पुर्व अध्यक्ष भागवत यादव, प्राध्यापक देवनारायण यादव, अधिवक्ता श्यामनारायण साह, शिक्षक संघका अध्यक्ष प्रशुराम यादव, शिक्षिका निलम मिश्रालगायतलाई सम्मान गरिएको छ ।
जिल्ला अध्यक्ष हेमनारायण चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, संगठनका महासचिव महामुनेश्वर आचार्य, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दिनेश यादव, पत्रकार शिवहरि भट्टराई, पुनरावेदन वारका पुर्व अध्यक्ष श्यामनारायण साह, प्रजातान्त्रिक प्राध्यापक संघका पुर्व अध्यक्ष शिवनारायण यादव, नेपाल शिक्षक संघका पुर्व उपाध्यक्ष विजयानन्द झालगायतले मन्तव्य व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *