स्वास्थ्य मन्त्री थापाको प्रश्न ‘यतिका वर्षसम्म स्वास्थ्य मन्त्रालय के सोचेर चिकित्सकको दरबन्दी पूर्ति गरेनन् ?(भिडियों हेर्नुस्)

स्वास्थ्य मन्त्री थापाको प्रश्न ‘यतिका वर्षसम्म स्वास्थ्य मन्त्रालय के सोचेर चिकित्सकको दरबन्दी पूर्ति गरेनन् ?(भिडियों हेर्नुस्)
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ मंसिर । स्वास्थ्य मन्त्री गगन थापाले दरबन्दी अनुसारको चिकित्सक पूर्ति गर्न करिव ३ हजार पाँच सय चिकित्सक अभाव रहेका कारण देशैभरिका सरकारी अस्पतालहरुमा चिकित्सक अभाव रहेको बताएका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चारकर्मीहरुसँ शनिवार संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् । हाल देशभरिमा करिब १ हजार ३ सय चिकित्सक मात्र रहेको बताउँदै स्वास्थ्यमन्त्री थापाले भने ‘दरबन्दी अनुसारको चिकित्सक परिपूर्ती गर्न कम्तिमा पाँच हजार चिकित्सक आवश्यक रहेकोमा १ हजार ३ सयले काम चलाउनुपरेको छ ।’
आफू स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रको दुरावस्थाबारे बुझेपछि अति चिन्तित रहेको बताउँदै उनले चिकित्सकहरुको परिपुर्ती गर्न लोकसेवा आयोगलाई लिखित पत्राचार गरि प्रक्रिया अगाडि बढाईसकिएको जानकारी दिए । ‘करारमा विशेषज्ञ चिकित्सकको विज्ञापन प्रक्रियाबाट हाल १८० जनाको चयन भईसकेको छ भने ८० जना चिकित्सको चयन गर्ने कार्य समेत प्रक्रियामा छ’ उनले भने ‘१५–२० दिनभित्रै अञ्चल अस्पतालहरुमा चिकित्सकहरु पठाउने तयारीमा छौं ।’
काठमाण्डौ केन्द्रित रहेका चिकित्सकहरु राजधानी बाहिर जान नमान्नु ठूलो समस्याको रुपमा रहेको जानकारी गराउँदै स्वास्थ्य मन्त्री थापाले भने ‘मधेशको अन्य अस्पताल जान तयार हुन्छन् तर राजविराज आउन चाहँदैन, यसतर्फ नागरिक समाज, राजनीतिक दललगायत सबैको सहयोग आवश्यक छ ।’ अञ्चल अस्पतालको सुदृढिकरणकालागि उच्च स्तरीय टोली एक हप्ताभित्र आएर अनुगमन गर्ने जानकारी दिँदै राजविराज अस्पतालमा आमूल परिवर्तन ल्याउन आफू गम्भीर रहेको मन्त्री थापाले बताए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *