सिंचाई मन्त्री गिरीद्वारा खांडो नदी नियन्त्रण आयोजनाको कार्यालय उद्घाटन,

सिंचाई मन्त्री गिरीद्वारा खांडो नदी नियन्त्रण आयोजनाको कार्यालय उद्घाटन,
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ मंसिर । सिंचाई मन्त्री दिपक गिरीले शुक्रवार सप्तरीमा एक कार्यक्रमका बीच खांडो नदी नियन्त्रण आयोजनाको कार्यालय उद्घाटन गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराज स्थित सिंचाई डिभिजन कार्यालय परिसरमा उनले आयोजनाको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सिंचाई मन्त्री गिरीले नेपालमा विकासीय कार्यालयहरुको सिस्टम सुधार्नुपर्नेमा जोड दिँदै भने ‘विकास निर्माणको नाममा बजेट विनियोजन गरिन्छ तर सरकारी कार्यालय र उपभोक्ता समितिले जिम्मेवारी नबुझ्ने गरेका कारण अपेक्षाकृत काम हुन सकेको छैन, त्यसैले विकासीय कार्यालयहरुको सिस्टममा समेत व्यापक सुधारको अवश्यकता छ ।’sichai-mantri-deepak-giri-2
सिंचाई प्रयोजनका लागि वर्षौंदेखि एउटै उपभोक्ता समितिमा एउटै व्यक्ति वर्षौंसम्म रहने परिपाटीले गर्दा अपेक्षाकृत काम हुन नसकेको बताउँदै त्यसमा पनि व्यापक परिवर्तनको आवश्यकता औंल्याए । संविधान कार्यान्वयन गर्नुपर्ने वर्तमान अवस्थामा चुनौती रहेको भन्दै मन्त्री गिरीले सानातिना कुराहरुलाई छाडेर देशको विकास र समृद्धितर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
सुनकोशी मेरिन डाइभर्सन लगाएर बाग्मतीमा हालिए मधेशका आठ जिल्लामा सिंचाई सुविधा पुग्ने मन्त्री यादवले विश्वास व्यक्त गरे । आफूले सिंचाईकालागि प्रयासरत रहेको भन्दै बोल्नु भन्दा पनि काम गरेर देखाउने संकल्पकासाथ अगाडि बढेको उनले बताए ।
नेपालमा राजनीति अस्थिरताका कारण देशमा थप जटिलताहरु देखिएका चर्चा गर्दै उनले संघीय गणतन्त्रलाई व्यस्थित गर्नु वर्तमान अवस्थामा चुनौती रहेको बताउँदै भने ‘वर्तमान अवस्थामा देशमा संविधान कार्यान्वयन गर्नु ठूलो चुनौती रहेकोले यसतर्फ सबैपक्षको सहयोग आवश्यक छ ।’ खांडो नदीलाई दुइैतिर २० किलोमीटर २३ किलोमीटर क्षती गर्दैआएकोले अब उक्त समस्या समाधान हुने सिंचाई मन्त्री गिरीले विश्वास व्यक्त गर्दै भने ‘अब सप्तरीवासीले खांडो नदीको समस्याबाट मुक्ति पाउने हिसाबले आयोजनाले काम अगाडि बढाउनेछ, यसकालागि आवश्यक कर्मचारी र बजेट समेत विनियोजन भईसकेको छ ।’sichai-mantri-deepak-giri-1
कार्यक्रममा सप्तरी क्षेत्र नम्वर–६ का सांसद सुरेन्द्र प्रसाद यादवले सिंचाईको अभावमा सप्तरी जिल्ला निरन्तर खडेरीको चपेटमा पर्दैआएकोले गम्भीरतापूर्वक लिन मन्त्री गिरीको ध्यानाकर्षण गराए । जिल्लाकालागि विनियोजित बजेटको सही ढङ्गले सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसमा बेइमानी भए जनताले नछाड्ने चेतावनी समेत दिए ।
आयोजना प्रमुख अखलाक अहमद सिद्धिकीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि तथा जलश्रोत संसदीय समितिका सभापति मोहन बराल, सिंचाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, जल प्रकोप उत्पन्न व्यवस्थापन विभागका महानिर्देशक मधुकर प्रसाद राज भण्डारी, जल उत्पन्न प्रकोप व्यवस्था विभागका उप महानिर्देशक प्रदीप थापा, क्षेत्रीय निर्देशक विनोद झा, पार्टीका जिल्ला सभापति दिनेश यादवलगायतको उपस्थति रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *