जनतान्त्रिकद्वारा सिरहाको मिर्चैयामा बम विष्फोट

जनतान्त्रिकद्वारा सिरहाको मिर्चैयामा बम विष्फोट
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ मंसिर । नेपाली गुलामीको २०० औं वर्षका दिनलाई ‘कालो दिन’ घोषणा गर्दै विहीवार गरिएको ‘तराई बन्द’का क्रममा जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले सिरहामा कुकर प्रेस बम विष्फोट गराएको छ ।
नेपाल प्रहरीका प्रमुख आई.जी.पी.उपेन्द्रकान्त अर्यालको गृंह गाउँ सिरहा जिल्लाको मिर्चैया स्थित शीला पेट्रोल पम्प नजिक विहान २ बजेर १७ मिनेटमा बम विष्फोट गराएको मोर्चा केन्द्रीय संयोजक जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उक्त विष्फोटबाट मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
एक साता अघि मात्र मोर्चाका कार्यकर्ता सप्तरी जिल्ला प्रशासन कार्यालयमा समेत बम राखेका थिए । उक्त बम निष्क्रिय पार्ने क्रममा पड्किँदा चार जना सुरक्षाकर्मी घाइते भएका थिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *