सुनसरीमा प्रेस मञ्च गठन

सुनसरीमा प्रेस मञ्च गठन
Bwtech New Add With Software & Bull SMS

सुनसरी, १६ मंसिर । प्रेस मञ्च नेपाल सुनसरी जिल्ला कार्य समिति विहीवार एक कार्यक्रमका बीच गठन गरिएको छ ।
प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न बैठकले दिपेन्द्र यादवको अध्यक्षतामा सात सदसीय जिल्ला कार्य समिती गठन गरेको हो । नव गठित समितिको उपाध्यक्ष कृष्णा पोदार, सचिव रञ्जित मेहता, सह–सचिव शंकर यादव, कोषाध्यक्ष ब्रम्हदेव यादव, सदस्य चन्दन मेहता, बिरेन्द्र मेहता रहेका छन् ।
ईनर्वा स्थित निर्माण व्यवसायी संघको सभाहलमा सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष विश्वनाथ राजवंशी, प्रवक्ता संतोष मेहता, केन्द्रीय सदस्य क्षत्रपति लामा, सुनसरी जिल्ला अध्यक्ष मोहिचन साहुलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *