संशोधन विधेयक मधेशीको पक्षमा नआए कठोर आन्दोलनः अध्यक्ष महतो

संशोधन विधेयक मधेशीको पक्षमा नआए कठोर आन्दोलनः अध्यक्ष महतो
Bwtech New Add With Software & Bull SMS

वीरगंज, ९ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुसँग भएको तीन बुँदे सम्झौता ईमान्दारीपुर्वक पालना नभए कठोर आन्दोलन गर्ने चेतावनी दिएको छन् ।
वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर–१५ स्थित मुर्लीमा भेंटघाट गर्दै सदभावना पार्टी वीरगञ्ज नगरको अगुवा कार्यकर्ता भेंटघाट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग भेंटघाट एवं छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः प्रतिवद्धता जनाएको बताए । सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता मधेसी ,आदिवासी, जनजाती, मुस्लिम, पिछडावर्गको हकमा नभए मोर्चा विरोधमा जाने बताउँदै पुनः झुक्याए मोर्चा कठोर आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।
कार्यक्रममा सदभावना पार्टीका केन्द्रीय महासचिव सरोज यादव, केन्द्रीय सदस्य निजामुद्दिन समानी, सदभावना युवा मञ्चका केन्द्रीय सह–महासचिव नविन सिंह, प्रेस मञ्च नेपालका अध्यक्ष सन्तोष पटेल, बारा जिल्लाका अगुवा नेता डा. धनञ्जय यादव लगायतले आ–आफनो विचार व्यक्त गरे । सदभावना पार्टी वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *