• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

जिल्ला कृषक समुह संघको अध्यक्षको नयाँ कार्य समिति

जिल्ला कृषक समुह संघको अध्यक्षको नयाँ कार्य समिति

बृजमान तामाङ
बिरेन्द्र बजार, ६ मंसिर । जिल्ला कृषक समुह संघ सप्तरीको अध्यक्षमा रमानन्द प्रसाद चौधरी चयन भएको छ ।
सप्तरीको रुपनी स्थित कृषि सम्पर्क केन्द्रमा आइतवार अबेर सम्पन्न संघको छैठो साधारण सभाको बन्द शत्रले चौधरीलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । साधारण सभाबाट चौधरीको नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिती सर्वसम्मत चयन भएको जनाएको छ ।
समितीको उपाध्यक्षमा सुकुमार साह, सचिवमा राजेश्वर यादव, कोषाध्यक्षमा भारती चौधरीलाई चयन गरेको छ । यसैगरी समितिको सदस्यहरुमा कृष्णदेव यादव, चुनचुन मण्डल, रेखा कुमारी चौधरी, सरिता चौधरी, युगेश्वर राम, राम कुमारी चौधरी, रामनाथ चौधरी रहेको निवर्तमान कोषाध्यक्ष श्याम कुमार चौधरीले जानकारी दिए ।