
राजविराज, २८ कात्तिक । सप्तरीमा शनिबार राती टुकी बत्तीबाट ओछ्यानमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
सप्तकोशी नगरपालिका–४ बस्ने अन्दाजी ६० बर्षिया भुटकुनदेवी रजकको ओछ्यान नजिकै बालेको टुकी बत्तीबाट आगलागी हुँदा जलेर घटनास्थलमै मृत्यु भएको हो । राती करिब २ बजे रजक सुतेको ओछ्यानमा टुकी बत्ती लडेर आगलागी भएको बताइएको छ । घटनास्थलमा प्रहरी चौकी फत्तेपुरबाट टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ ।



