• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

विश्व खाद्य दिवसमा छात्रछात्रा पुरस्कृत

विश्व खाद्य दिवसमा छात्रछात्रा पुरस्कृत

राजविराज, २५ कार्तिक । ३६औं विश्व खाद्य दिवसका अवसरमा जिल्ला विकास कार्यालय सप्तरीले आयोजना गरेको निबन्ध प्रतियोगिताका विजयी छात्रछात्रालाई विहीवार पुरस्कृत गरिएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य कृषिमा अनुकुलन’ शिर्षकका उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, विशिष्ठ अतिथि स्थानीय विकास अधिकारी सुदेव कुमार पोखरेलले पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेकी लिटिल फ्लावर सेकेण्ड्री स्कूलकी प्रियंका यादवलाई प्रमाणपत्रसहित दुई हजार रुपैयाँ, दोस्रो स्थान प्राप्त गरेकी दुर्गा सेकेण्ड्री स्कूलकी स्वेता कर्णलाई एक हजार पाँच सय, तेस्रो भएकी लाली गुराँस बोर्डीङ्ग स्कूलकी चेतना साह र सान्त्वना लिटिल फ्लावर सेकेण्ड्री स्कूलक जीवन झालाई प्रमाणपत्रसहित आठ रुपैयाँ प्रदान गरिएको छ ।