तेजनारायण शेर्पा ‘रञ्जन’
जान्न जान्न भन्दै छन्
खान्न खान्न भन्दै छन् ।
खास्सखुस्स रुँदै छन्
आँसुले तन धुँदै छन् ।
आमा बुबु मलाई देऊ
बाबा पापा मगाई देऊ ।
दिदी झोला मेरो खोई ?
नाना नयाँ माग्छ रोई ।
बाबुनानी राजा मेरो
भविष्यको सहारा मेरो
टुकुटु्कु हिँडेर जाऊ
क ख पढी छिट्टै आऊ ।
तिमीले तारा बन्नु छ
सारा दुःख हर्नु छ ।
पूर्व मेची कालीसम्म
झिलिमिली पार्नु छ ।
–शेर्पा आयुर्वेदिक औषधी उद्योग
रौता–९, मुर्कुची, उदयपुर