
पाँचथर, २३ कात्तिक । पाँचथरको पंञ्चमी–५ बस्ने २७ बर्षिय संगीता भारतीको सोमबार अरिगालको टोकाईबाट ज्यान गएको छ ।
बिहान ११ बजे तिर घरबाट घास काट्न भनि गएकी भारतीको चिलाउनेको रुखमा रहेको १०–१२ वटाको संख्याले शरीरको विभिन्न भागमा टोक्दा बेहोस भएकी थिइन् । संगिताको स्थानिय क्लिनिक गोपेटारमा उपचारकोलागि लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



