• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मयनाकडेरीमा सहकारी संस्था स्थापना

राजविराज, २० कार्तिक । सप्तरीको मयनाकडेरी गाउँ विकास समितिमा सहकारी संस्था स्थापना भएको छ ।
नयाँ कृषि अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय मयाकरेडीमा स्थापना गरिएको हो । कार्यालयको एक कार्यक्रमका बीच शुक्रवार जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भागीरथप्रसाद यादवले उद्घाटन गरे ।
कृषि सहकारीका माध्यमवाट बचत संकलन र ऋण लगानी गर्दे परम्परागत खेती प्रणालीलाई अन्त्य गर्दे बैज्ञानिक र आधुनिक खेती प्रणालीको बिकास हुने उनले बताए । उक्त अवसरमा जिल्ला पशु बिकास कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादबले कृषि सहकारीका माध्यमवाट ग्रामिण क्षेत्रमा पशु पालनमा मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
स्थानिय १ सय १५ जना शेयर सदस्यवाट शुरु गरिएको सहकारीको चालु पुँजी ६ लाख रुपैयाँ रहेको सहकारी संस्थाका अध्यक्ष योगेन्द्र मिश्र‘जवाहर’ले जानकारी दिएका छन् । अध्यक्ष मिश्रको अध्यक्षतामा समपन्न कार्यक्रममा पुर्व प्रधानाध्यापक भरतप्रसाद यादवलगायतकाले मन्तब्य ब्यक्त गरे ।