

विश्वमा धेरै महत्वपूर्ण र ऐतिहासिक व्यक्तित्वहरु छन् । जुन मानिस कुनै महत्वपूर्ण काम गर्छन, समाजमा महत्वपूर्ण योगदान दिन्छन्, जसलेमहत्वपूर्ण काम गरेर इतिहास रच्छन्, उनलाई ऐतिहासिक व्यक्तित्व भनिन्छ । मानिसहरु जुनवर्गको भएपनि, जुन सुकै धर्म, संस्कृतिमाने पनि समाजमा महत्वपूर्ण काम गर्यो भने समाजकोलागि उत्थान र विकासको काम गर्यो भने उनलाई एतिहासिक व्यक्तित्व भनिन्छ ।
उनी बिच एक प्रकारको देशप्रेमी भाव, आफ्नो समाज र जनताकोलागि मदत गर्ने र विकास गर्ने भाव, इच्छा र चाहना हुन्छन । यीनै ऐतिहासिक व्यक्तित्वमध्ये एक हुन, राजासलहेस । जो जयवर्दन शैलेश नामले पनि प्रसिद्ध छन् । उनको जन्म पांचौ शताब्दीमाभएको विभिन्न विज्ञ र इतिहास जान्ने व्यक्तिहरुले मान्दै आएका छन् । मिथिलाको महिसौथा वर्तमान नेपालको सिरहाजिल्लामा पर्दछ । सलहेस जसलाई आधुनिककालमा शैलेश पनि भनिन्थ्यो । उनको जन्मबारे विभिन्नप्रकारको बिश्वास रहेको पाइन्छ ।
मानिसहरुले मान्दै आएका छन् कि उनको जन्मगर्भबाट नभई मिथिलाको महिसौथा भन्ने स्थानमा नवजातशिशुको रुपमा प्राकट्य भएर भएको थियो । उनी एउटा शक्ति थिए र मानिसको रुपमा पृथ्वीमा अवतरित भएका थिए भन्ने विश्वास स्थानीय मानिस र विज्ञहरुको रहेको छ । उनको जन्मपृथ्वीमा जनहितकोलागि भएको मानिन्छ । उनलाई मिथिलामा लोक नायकको नामले पनि चिनिन्छ । उनी मिथिलाको मानिसहरुकोलागि धेरै महत्वपूर्ण योगदानदिएका छन् । यस कारण मानिसहरु विशेषगरि मिथिला र किराँत क्षेत्रकाबासिन्दाहरु उनलाई अहिलेसम्म लोकनायकको रुपमा मान्दैआएका छन् । सलहेसको गाथा मिथिलाञ्चलको एतिहासिक, राजनैतिक, भौगोलिक र सांस्कृतिक परिवेशको जिवन्त अभिलेखको रुपमा भारत र नेपालको सिमाक्षेत्रमालोक प्रचलित छन् ।
उनी समाजकालागि यस्ता महत्वपूर्ण योगदानदिएका छन् कि हाम्रो मनमा र आत्मामा अहिले पनि बसेका छन् । उनको योगदानकहिले पनि विर्सिन नसकने छ । लोकहितकोलागि र जिवजनावरहरुकालागि धेरै महत्वपूर्ण योगदान दिएका थिए । जसकारण उनलाई मानिसहरु देवताको रुपमा पुजा गर्दछन् । अहिले वर्तमानकालमा मान्छेहरु उनको आराधना गर्दछन् । नेपालको भित्री पहाडदेखि सम्पूर्ण मिथिलाञ्चलका साथै उत्तर भारतका स्थानीयहरु श्रद्धापूर्वक उनको आराधना गर्दछन् ।
उनी खासगरि दुसाधजाति (हाल दलित)को भए पनि ब्राहमण, क्षेत्रीलगायतविश्वको सबै श्रद्धाले बैशाख सक्रान्तिको दिन उनलाई अर्चना गर्दछन् । उनलाई मानिसहरु लोक देवताको रुपमा पुजाअर्चना गर्दछन् । विज्ञहरुको अनुसन्धानको फलस्वरुप हामीले यो प्रेरणा पाएका छौं कि सलहेसले आफनो युगको विषम परिस्थितीबाट माथि उठेर जुन सत्कर्म, सदभाव र प्रेम मार्ग र नयाँ आदर्शको प्रतिपादन गरेका थिए, निश्चय नै उनको देवरुपको द्योतक हुन् ।
हाम्रो देशमा अन्य धेरै राजामहाराजा आफनो सत्ता बसाएका कारण उनको इतिहास र साहित्य लेखियो । तर सलहेस एक लोक नायक भएर पनि मिथिलाञ्चलका नागरिकहरु उनलाई आफ्नो राजा माने पनि उनलाई हालको एउटा तल्लो जातको रुपमा जातिकरण गराएको कारण पनि उनी हाम्रो देशको एतिहासिक तथा महत्वपूर्ण व्यक्ति हुँदाहुँदै पनि उनको पूर्ण इतिहास अहिलेसम्म लेखिएको पाईदैन । यस कारण हामीले आफ्नो पुर्खाको वीरता, देशप्रेमी भाव र उनको एतिहासिकता विश्वसामु ल्याउन प्रयास गर्नु आवश्यक छ ।
(प्रस्तुत लेख कक्षा–९ मा अध्ययनरत आदित्य महतोले तयार पारेका हुन् ।)



