
राजविराज, १९ कार्तिक । सप्तरीको गोइठी गाउँ विकास समितिमा शुक्रवार शान्ति समितिको कार्यालय उद्घाटन गरिएको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष सतिश कुमार सिंहले कार्यालयको उद्घाटन गरेका हुन् । स्थानीय शान्ति समितिका अध्यक्ष दामोदर प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँ विकास समितिका सचिव महेश्वर प्रसाद चौधरी, डम्बरनारायण अरगरिया, कपलेश्वर सरदारलगायतले मन्तव्य व्यक्त गरे ।



