
राजविराज, १९ कार्तिक । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–६ मा बिहिबार मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स. ५ प २९८८ नम्बरको मोटरसाईकल राती साढे नौ बजे शुम्भूनाथ– ६ स्थित बुद्धको सालिकमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार सप्तरी शम्भुनाथ–८ का अन्दाजी ४५ को सुकदेव चौधरीको उपचारकालागी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजतर्फ लैजाने क्रममा मृत्यु भएको छ । मोटरसाइकलका चालक सोही ठाउँका २९ वर्षिय रञ्जित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।



