सप्तरीमा १० जना मैथिलीकर्मी सम्मानित

सप्तरीमा १० जना मैथिलीकर्मी सम्मानित
Bwtech New Add With Software & Bull SMS

राजविराज, १८ कातिक । धर्मात्मा फिल्म्स प्रोडक्शन प्रा.लि.द्वारा बिहीवार राजविराज आयोजित पाँचौ वार्षिक उत्सव तथा निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को २५औं जन्मोत्सवका अवसरमा १० जना मैथिलीकर्मीलाई सम्मान गरिएको छ ।
हाँस्य कलाकार राम नारायण ठाकुर, युवा गायक तेजु मैथिल, नायिका पुजा पासमान, नायक सुरज साह, गीतकार अशोक झा सन्तोष, मैथिली सिने संसार पत्रिकाका सम्पादक कमल मण्डललाई मिथिलाको पाग, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको छ । यसैगरी खलनायक अधिकलाल यादव, नृत्य निर्देशक राजु सहनी र गायिका तनुजा चौरसियालाई समेत सोही कार्यक्रममा सम्मान गरिएको छ । maithili-samman-2
वरिष्ठ कलाकार तथा साहित्यकार सुधानन्द झाको प्रमुख आतिथ्य तथा मैथिली साहित्य परिषद् सप्तरी अध्यक्ष शुभचन्द्र झाको विशिष्ठ आतिथ्यमा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, डीएनए फिल्मस् प्रा.लि.की अध्यक्ष अनिता यादव, योगेन्द्र देव पत्रकार तथा साहित्यकार श्यामसुन्दर यादव, चर्चित नवोदित गायिका अन्जु यादव, गीतकार सागरबीर कडारी, निर्देशक राम अधिन साह ‘सन्तोषी’, राम नारायण ठाकुर, पुजा पासमान, धिरेन्द्र पासवानलगायतले मन्तव्य व्यक्त गरे । प्रा.लि.का अध्यक्ष कृष्णा कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको सञ्चालन कलाकार भूपेन्द्र मण्डलले गरे ।maithili-samman-3

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *