नयाँ शक्तिको २ नम्बर क्षेत्रीय भेला सम्पन्न

नयाँ शक्तिको २ नम्बर क्षेत्रीय भेला सम्पन्न
Bwtech New Add With Software & Bull SMS

राजिवराज, १२ कार्तिक । नयाँ शक्ति नेपाल सप्तरीका संयोजक छेदी रजकले आफ्ना नेता अख्तियारको कारबाहीमा फस्ने डरले तीन दल महाअभियोगको प्रस्ताव गरेको बताएका छन् ।

नयाँ शक्ति नेपाल क्षेत्र नम्बर २ को क्षेत्रीय भेलालाई शुक्रवार सम्बोधन गर्दै संयोजक रजकले यस्तो कुरा बताएका हुन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिकै बेला दलहरुले गल्ती गरेकाले अब गंगा स्नान गर्न लागेको बताए । उनले अहिले पनि कार्कीलाई कारबाही गर्ने मा प्रमुख दलहरु एकमत नरहेकाले कुरा मिले बोक्ने नभए ठोक्ने खेल भईरहेको बताए ।
बद्री प्रसाद गुप्ताको अध्यक्षता तथा पार्टीका जिल्ला संयोजक छेदी रजक (बिमल)को प्रमुख आतिथ्यमा सम्पन्न भेलाले चन्द्रदेव मण्डलको संयोजकत्वमा २३ सदस्य २ नम्बर क्षेत्रीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा राजदेव मण्डल,बद्र प्रसाद गुप्ता, भोला कुमार राम, नरेश मरिक, राजकुमार मुखिया, रवाना खातुन, तालम खातुन, योगेन्द्र राम, बैद्यनाथ राम, सबिर सेख, भोला कुमार मरवैता यादव, मनोज कुमार यादव, गौरीशंकर रजक, लक्ष्मण रजक, मो.मुख्तार, बजरंगी साह, नारायण साह, रामेश्वर रजक, प्रमोद शर्मा, प्रदिप रजक, नागेश्वर मण्डल लगायत रहेका छन ।
भेलालाई नयाँ शक्ति नेपालकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी चौधरी, केन्द्रीय परिषद् सदस्य कृष्ण कुमार गुप्ता, भातृ संगठनका संयोजक जगजीवन राम, जिल्ला सदस्य अमृत साफी, बेचन राउत,पार्टीका जिल्ला सदस्य दिप नारायण साह लगायतले सम्बोधन गरे । हनुमाननगर उच्च माध्यमिक विद्यालयमा आयोजित भेलामा सयौं नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *