
राजविराज, १२ कार्तिक । ईलाका प्रहरी कार्यलय सखडाबाट खटिएको प्रहरी टोलीले स्थानिय सप्तरीको लालापट्टी गाउँ विकास समितिमा रहेको स्वाथ्य चौकी भवनबाट म्याद गुज्रेको औषधी बरामद गरेको छ ।
स्थानीयवासिन्दाले दिएको सूचनाका आधारमा प्रहरीले उपभोग्य म्याद २०१५ लेखिएको ५ सय एमजिको ६०२ थान टेबलेट बरामद गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धानकालागि चौकीका सिनियर अहेव आनन्द लाल यादव समेतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बरामद औषधी गरिएको औषधिसहित उनलाई जनस्वास्थ्य कार्यालय सप्तरीमा आवश्यक कार्बाहीकोलागि पठाईएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।



