• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

सप्तरीकी वर्षा लेखीले जापानमा पाईन् मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड

सप्तरीकी वर्षा लेखीले जापानमा पाईन् मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड

राजविराज , १२ कार्तिक । जापानमा सम्पन्न मिस इन्टरनेशनल प्रतियोगितामा सहभागी थारु समुदायकै प्रथम सुन्दरी वर्षा लेखीले मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् ।

अनलाइन भोटिङ्को आधारमा दिईने यो अवार्डका लागि लेखीले ३३ हजार ८ सय ४२ भोट ल्याउँदै प्रथम भएकी हुन् । टोकियोमा भएको अन्तिम प्रतिस्पर्धामा पनि उनले राम्रो प्रदर्शन गरेकी थिईन् । देशलाई विश्व सामु चिनाउने उदाहरणीय काम गरेकी उनी सप्तरीको सप्तकोसी नगरपालिका गङ्गाजलीकी २२ वर्षिया वर्षा लेखी थारु मिस नेपाल २०१६ को उपाधी प्राप्त गर्न सफल भएकी थिईन् ।barsha-lekhi-11

उनले मिस नेपाल इन्टरनेशनल रनरअपको उपाधिसँगै पचास हजार नगद राशीसहित नेपाल वायुसेवाको टिकटबाट विश्वको जुनसुकै ठाउँमा भ्रमण गर्न पाउने सुविधा प्राप्त गरेकी थिईन् ।
यस अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भए पनि थारु समुदायबाट मिस नेपाल हुँदै मिसोसोलोजी पिपुल्स च्वाइस अवार्ड जित्ने वर्षा पहिलो थारु महिला हुन् ।
चर्चित नेता राजकुमार लेखीकी छोरी वर्षा वातावरण विज्ञानमा बीएससीमा अध्ययनरत छिन् । पाँच फीट छ इन्च उचाई भएकी उनी चित्रकला र नृत्यमा समेत सानैदेखि रुची राख्दैआएकी छिन् । वर्षाले भविष्यमा कुशल राजनीतिज्ञ बन्ने सोच राखेकी छिन् ।
उनले अवार्ड पाएपछि आफ्ना समर्थक तथा भोट गर्ने सबैलाई धन्यवाद दिँदै यस्तो लेखेकी छिनः

I’m holding Miss International 2016 Missosology People’s choice award, and I deeply thank each and everyone for believing in me and supported me through votes

I’m happy that im not coming empty hand, i have something for my country, NEPAL.

Im feeling really amazing to hold an international award for Nepal.

Thankyou all for your love, and support.

The journey doesnt ends here, I need your support in coming days for my future endeavor.

With much love and happy heart- Miss Nepal International 2016barsha-lekhi-4

barsha-lekhi-12
barsha-lekhi-10barsha-lekhi-1