• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

गणपति क्रिकेट टिमले चुमे मधेश प्रिमियर लिगको उपाधी

गणपति क्रिकेट टिमले चुमे मधेश प्रिमियर लिगको उपाधी

राजविराज, ११ कात्तिक । सप्तरीको राजविराजमा सञ्चालित मधेश प्रिमियर लिग टि टवान्टी क्रिकेटको उपाधी गणपति त्रिकेट टिम राजविराज कब्जा गरेको छ ।
राजविराजमा बिहिवार सम्पन्न फाइनल खेलमा गणपतिले मेसु लंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिंग गरेको मेसु निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि बिधान गोस्वामी ३०, शेखर झा २६, राकेश कामैत १७ रन बनाए ।
बलिंगतर्फ गणपतिका दीपेन्द्र ऐरी ३, विजय भारती र मेहबुब आलमले २, २ विकेटट लिए । १ सय २८ रनको लक्ष्य लिएुर व्याटिंग गर्न आएको गणपति १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि अमल दास ४७, राजेश सिंह २१, मेहबुब आलम अविजित २० रन बनाए । mpl-3
बलिंगतर्फ मेसुका रबिन सिंह र बिटु कुमार २, २, दलजीत कुमारले एक विकेट लिए । खेलको म्यान अफ द म्याच अमल दास घोषित भए । प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजयी भभारती, गणपतिकै अमल दास बेस्ट ब्याटसम्यान, गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर घोषित भए ।
प्रतियोगिता समापनपछि आयोजित कार्यक्रममा प्रमुख अतिथि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पुरस्कार प्रदान गरे । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश प्रमुख रेणु यादव, वरिष्ठ नेता खुशीलाल मण्डल, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, सचिव गजेन्द्र कुमार मण्डल, फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साह, युवा नेता बलराम यादव, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डललगायतको सहभागिता रहेको थियो ।mpl-2