
सुनसरी, ९ कात्तिक । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–२२ स्थित देउरालीबाट पटाकासहित पक्राउ परेका एक जनालाई विष्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको छ ।
भारत घर भई धरान उपमहानगरपालिका–१० का २२ वर्षिय पवन दासलाई प्रहरीले विष्फोटक पदार्थ ऐन अन्तरगत कारवाही चलाएको हो । दासको घरबाट शुक्रबार दिउँसो बिक्रिकालागी राखिएको विभिन्न प्रकारका दुई हजार एक सय पिस पटाका र २१ थान आलु बम बरामद भएको थियो । दासलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलाय धरानले जनाएको छ ।
यसैगरी अस्थायी प्रहरी पोष्ट तिनकुनेले सवारी चेकजाँचकाक्रममा सोमबार बिहान एक सवारी साधनबाट बेवारिसे अवस्थामा ९ बण्डल खोर्सानी पटाका, १० प्याकेट रकेट बम, ४ प्याकेट चकलेट बम र ८ प्याकेट साउण्ड बरामद बरामद गरेको छ । बरामद बम इलाका प्रहरी कार्यालय धरानमा नष्ट गर्न तयारी भइरहेको प्रहरीले जनाएको छ ।



