• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजदेवी रातोलाई मित्र मिलन समारोहको उपाधि

राजदेवी रातोलाई मित्र मिलन समारोहको उपाधि

राजविराज, ३० असोज । बिगतका बर्ष झंै यसवर्ष समेत विजया दशमीको अवसरमा राजदेवी राइजिङ्ग क्रिकेट क्लबले सञ्चालन गर्ने मित्र मिलन समारोहको सातौं संस्करण अन्र्तगत भएको रोमाञ्चक खेलमा राजदेवी रातोले राजदेवी हरियोलाई १ रनले पराजित गरेको छ ।
निर्धारित १२ ओभरको खेलमा राजदेवी रातोका कप्तान आयुश श्रेष्ठले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै ७ बिकेटको क्षतिमा १ सय १७ रनको योगफल तयार पारे । रातोकालागि मनिष दासले नटआउट रही ५२ रन, राजेन्द्र साहले ३७ रन तथा आयुष श्रेष्ठले २१ रनको योगदान दिए । बलिङ्गतर्फ हरियोका चन्दन यादव र बैजु देवले सामान २ बिकेट लिए ।
१ सय १८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको टिम हरियोले अन्तिम ओभरमा १० रनको आवश्यक्ता भएको र उसका अविजित रहेका खेलाडि चन्दन यादवले जित्ने प्रयास गरे पनि १ रनको झिनो अन्तरले पराजित भए । अन्ततः राजदेवी हरियो १२ ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय १६ रनमै समेटिन बाध्य भए ।
राजदेवी हरियोका लागि कप्तान बैजु देवले ४३ रन, उत्कर्ष आर्चायले २७ रन तथा चन्दन यादवले अविजित १९ रनको योगदान दिए । बलिङ्गतर्फ राजदेवी रातोका कमानन्द यादव, महेश दास तथा दिपेन्द्र देवले सामान २ बिकेट लिए । रोमाञ्चक खेलका म्यान अफ द म्याच राजदेवी रातोका कमानन्द यादव घोषित भए ।