नयाँ शक्ति नेपालको क्षेत्रीय समिति गठन

नयाँ शक्ति नेपालको क्षेत्रीय समिति गठन
Bwtech New Add With Software & Bull SMS

राजविराज २९ असोज । नयाँ शक्ति नेपालको सप्तरीका संयोजक छेदी रजक (बिमल)ले मधेशी जनताको जनभावना अनुसार संविधान संसोधन गर्न नचाहेको बताएका छन् ।
दलित शक्ति नेपाल सप्तरीको क्षेत्र नम्वर–४को माध्यमिक विद्यालय कनकट्टामा शनिवार आयोजित क्षेत्रीय भेलालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । संविधान संशोधन बिना मधेशी दलित, मुस्लिम, थारु र आदिवासी जनजातिको माँग सम्बोधन हुन नसक्ने भएकाले तीन दलले संशोधनको नाटक मात्र गरिरहेको उनले बताए ।
राम कुमार मण्डलको अध्यक्षतामा आयोजित भेलामा पार्टीको भातृ सङ्गठन प्रमुख जगजीवन राम, जिल्ला सदस्य एवम् पूर्व जन स्वास्थ्य अधिकृत डम्बर नारायण साह, क्षेत्र नम्बर ४ का क्षेत्रीय संयोजक शेर सिंह, दलित शक्ति नेपाल नम्बर ५ का संयोजक भूवनेश्वर पासवान, जिल्ला सदस्य राम बिलास मण्डल, राम अवतार मण्डल लगायतले मन्तव्य व्यक्त गरे ।
भेलाले अशोक रजकको संयोजकत्वमा दलित शक्ति नेपाल सप्तरीको २५ सदस्यीय ४ नंम्बर क्षेत्रीय कार्य समिति गठन गरेको छ । समितिको सह–संयोजकमा शंकर मण्डल, सदस्यहरुमा जय प्रकाश राम, जमली देवी खंग, रामसेवक राम, परमेश्वर साफी, मनोज कुमार राम, डोमी राम, सुकराती सदा, बिजली रजक, फूलिया देवी, अमरिता साफी, रधुविर खंग र सबरी सदा रहेका छन ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *