
सिरहा, २८ असोज । सिरहाको गोलबजार–६ मा बिहीबार बेलुका स७प ११७३ नम्बरको मोटरसाइकल र स१ज २७४ नम्बरको म्याजिक आपसमा ठोक्किदा चारजना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक धनगढीमाई–१० बस्ने ३० बर्षिय महेश कुमार सिंह, पछाडि सवार सोही ठाउँका २२ बर्षिय देव कुमार मण्डल, २६ बर्षिय दर्पनारायण सिंह र म्याजिक भ्यानमा सवार भारत कुचविहार बंगाल घर भएका २८ बर्षिया अमिदुल मिया रहेका छन् । घाइते चारजना मध्ये महेश कुमार सिंहलाई उपचारको लागि न्युरो न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने अन्य तीन जनाको स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ ।



