• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पोखरिया नगरपालिकामा कुस्ती प्रतियोगिता

वीरगञ्ज, २७ पर्सा । संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादवले विहीवार पोखरिया नगरपालिका स्थित उच्चाङ्गन उच्च माविको प्राङ्गनमा कुस्ती प्रतियोगिताको आयोजना गरियो ।

विजया दशमीको अवसरमा पोखरिया नव दुर्गा पुजा समितिले आयोजनामा गरेको कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष यादवले मधेशलाई उपेक्षा गर्दै आएकोले मधेशका नगरपालिकाहरु जस्ताको त्यस्तै अवस्थामा रहेको बताए । पोखरिया नगरपालिकाको उदाहरण दिँदै उनले भने ‘नगरपालिका घोषणा भएको लगभग दुईवर्ष पुरा भईसक्यो तर विकासको कुनैपनि अधार अहिलेसम्म पनि यहाँका जनताहरुले हेर्न पाएको छैन ।’ उनले सरकारको अदुरदर्शिताका कारण मधेशी जनताहरु अहिले पनि पिडा खेप्दै आएको बताए ।
पोखरिया नव दुर्गा पुजा समितिका अध्यक्ष ब्रिजेश चौहानको अध्यक्षतामा भएको कार्यक्रममा गर्दौलका बागर यादवले भारत सहोदराका अनिल तिवारीलाई पराजित गर्दै विजेता घोषित भए । यसैगरी भारतकै इनर्वाका विगा पहलवानले सहोदराका दिनेश यादवलाई पराजित गरे । कार्यक्रममा नेपालका पाडेपुरका राजेश यादवले भारतका पपुन्वा निवासी रेखा यादवलाई पराजित गरे । कार्यक्रममा नेपाल र भारतका कुस्ती खेलाडी गरि २० देखि २५ जोडि कुस्ती खेलाडिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघिय समाजवादी फोरम नेपाल पर्साका कोषाध्यक्ष हिरालाल यादव, शिवबर्वाका पुर्व गाविस अध्यक्ष शंकर यादव, पोखरिया नगरपालिकाका सामाजिक अभियन्ता भगवान दास, पोखरिया नव दुर्गा पुजा समितिका बरिष्ठ सल्लाहकार त्रिभुवन गिरि, समाजवादि विद्यार्थी फोरमका केन्द्रीय सदस्य निखिल बर्णवाल, स्थानिय युवा नेता अबदुल फरमान लगायतको उपस्थिति रहेको थियो ।