Top_Header_Right_Add

कंकालिनी मन्दिरमा हज्जारौं भक्तजनको भींड

कंकालिनी मन्दिरमा हज्जारौं भक्तजनको भींड

राजविराज, २४ असोज । सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा सोमवार साँझदेखि राँगाको बली प्रदान कार्य शुभारम्भ भएको छ ।
मन्दिर परिसरमा रहेको महिसासुरमा यसवर्ष ५ सय ३ ओटा राँगाको बली प्रदान हुने भएको हो । देशमै सर्वाधिक बली प्रदान हुने चर्चित शक्ति स्थलमा नवमीका अवसरमा विहानैदेखि भक्तजन आउने क्रम बढेको छ । गतवर्ष ४ सय ६४ ओटा राँगाको बली प्रदान भए पनि यसवर्ष यो संख्यामा बृद्धि भएको मन्दिर समितिले जनाएको छ ।
भाकल पुरा भएपछि राँगाको बली दिने परम्परा शताब्दियौंदेखि चल्दैआएको छ । राँगाको बली प्रदान गर्न देशका विभिन्न जिल्लाकासाथै भारतको विभिन्न राज्यहरुबाट भक्तजनहरु आएका छन् । बली प्रदान हेर्न तथा मेला भर्न भारदहको कंकालिनी मन्दिर परिसर तथा तथा आसपासका क्षेत्रमा हज्जारौंको संख्यामा सर्वसाधारणको घुइँचो लागेको छ ।
भक्तजनको अपार भींडलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त प्रहरीको टोली परिचालन गरिएको छ । यसअतिरिक्त शान्ति सुरक्षा कायम गर्न मन्दिर समिति तथा स्थानीय युवाहरु व्यापक संख्यामा परिचालन गरिएको जनाईएको छ । मन्दिर छेउँमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरुमा समेत आयोजना गरिएको जानकारी प्राप्त भएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer