आफ्नो शक्ति नबुझी कांग्रेस गुट–उपगुटको दलदलमा फँसेको छः नेता महत

आफ्नो शक्ति नबुझी कांग्रेस गुट–उपगुटको दलदलमा फँसेको छः नेता महत
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज १९ असोज । नेपाली कांग्रेसका नेता एवं पुर्व अर्थमन्त्री रामशरण महतले कांग्रेसका कार्यकर्ताहरूले आफनो शक्ति बुफ्न छाडेर गुट–उपगुटको दलदलमा फँसेको बताएका छन् ।
नेपाली कांग्रेसका सांसद अनिल रूँगटाद्वारा बुधवार वीरगञ्जमा दशैं, तिहार र छठको अवसरमा भेंटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री महतले नेपालको अधिकांश पार्टीहरू काङ्ग्रेसले सारेको अवधारणालाई नै अवलम्बन गरेको बताए । नेता महतले नेकाले गरेको अहिलेसम्मको कार्य जनतासमक्ष नपुगेको कारण नेपाली कांग्रेसले केही नगरेको भन्नु गलत रहेको बताए ।
स्थानीय पुर्नसंरचनाबारे चारैतिर बहस चलिरहेको बेला संविधान कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताउ“दै नया“ संविधान कार्यान्वयन गर्न झन्झटिलो रहेको र संविधानले दिएको मौलिक अधिकार खोसिएर जाने भएकोले नेपाली कांग्रेसका कार्यकर्ताहरू संविधान कार्यान्वयनतर्पm अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले संविधानमा मधेशी जनताले देखाएको असन्तुष्टीलाई कांग्रेसको अग्रसरतामा समाधान गर्नुपर्ने कुरामा जोड दिए । सभासद् अनिल रूंगटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व सांसद अजय द्विवेदी, पूर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, पूर्व सांसद रामेश्वर रौनियार, श्याम पोखरेल, पूर्व उद्योगराज्य मन्त्री मेघराज निषादलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैबिच पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले राजनैतिक संक्रमणको कारण मुलुकको शैक्षिक अवस्था खस्किएको भन्दै शिक्षालाई राजनितीबाट टाढा राख्नु पर्ने कुरामा जोड दिए । हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जद्वारा म होटल भिष्वामा आयोजित साईन्स कन्फ्रेन्स कार्यक्रमको उद्घाटन गर्दै उनले २०४९ साल यता शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकारले लगानि गरे अनुरुपको प्रतिफल अझैं पाउन नसकेकोमा देखेसो व्यक्त गरे । शिक्षा क्षेत्रको सुधारका लागि राजनैतिक दल, समाज सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै विरगञ्जमा विश्व विद्यालय स्थापनाकालागि नेपाली कांग्रेसको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान प्रसाद यादवको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सांसद राजेन्द्र बहादुर अमात्य, पुर्व सांसद अजय द्विवेदी, माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य अनिल श्रेष्ठ ,सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दीन समानी, समाजसेवी बिश्वनाथ साह, जगरनाथ तिवारी, बैज्ञानीक कैलाश भुडेर, बिपी यादब लगायतले कलेजले दिने गुणस्तरीय शिक्षाको बारेमा चर्चा गरे । उक्त अवसरमा कक्षा ११ र १२ का बिद्यार्थीहरुले सांँस्कृतिक कार्यक्रम मार्फत आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *