तीनबुँदे सहमती कार्यान्वयन नभए सशक्त आन्दोलनः नेतृ यादव

तीनबुँदे सहमती कार्यान्वयन नभए सशक्त आन्दोलनः नेतृ यादव
Bwtech New Add With Software & Bull SMS

बिरेन्द्र बजार, १९ असोज । संघीय समावादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादबले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनसँग सरकारले गरेको तीनबुँदे सहमती अबिलम्ब कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएकी छिन् ।
संघीय समाजवादी फोरम नेपाल क्षेत्र नम्बर १ सप्तरीको कञ्चनरुप नगरपालिका स्थित अन्नपुर्ण क्याम्पसमा बुधवार सम्पन्न बिस्तारित क्षेत्रिय भेलालाई संबोधन गर्दै उनले यस्तो चेतावनी दिएकी हुन् । संयुक्त मधेशी मोर्चासहितको संघीय गठबन्धनले स्पष्ट धारणासहितको तीन बुँदे अवधारणा राखी चाडै सम्बोधन गर्ने सर्तमा बर्तमान सरकारलाई समर्थन दिएको बताउदै उनले भनिन्, गठबन्धनसँग भएको सहमती कार्यान्वयन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिई अझ सशक्त आन्दोलनमा जान्छौ ।
बर्तमान सरकारसमेत मधेशी, आदिबासीलगायत उत्पीडित समुदायको अधिकारप्रति उदासिन रहेको जिकिर गर्दै तराई मधेश प्रदेश समितीका संयोजक समेत रहेकी यादबले अधिकार प्राप्तिकोलागि उत्पीडितहरु एकजुट हुनुपर्नेमा जोड दिईन् । सघीय समाजवादी फोरम नेपाल क्षेत्र नम्बर १ का अध्यक्ष प्रशुराम यादको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्यहरु चित्तनारायण यादव, सुर्यनाथ यादव, जगदेव यादवले मनतब्य ब्यक्त गर्दै माँग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । भेलामा तराई मधेश प्रदेश समितिका सदस्य रामेश्याम पंडित, जिल्ला अध्यक्ष दिनेश यादब, सह–सचिब उपेन्द्र साह, जिल्ला सदस्यहरु केदार यादव, रामेश्वर यादव, शिबशंकर यादव, संजय मिश्रा, रामेश्वर यादवसमेतकाले मन्तब्य ब्यक्त गरे ।
क्षेत्र नम्बर १ का सचिव सञ्जय यादवले सञ्चालन गरेको कार्यक्रमा स्वागत क्षेत्रिय सदस्य बिरेन्द्र मिश्राले गरे । सोही भेलाले १५ सदस्य कंचनरुप नगर समिती समेत गठन गरेको जनाएको छ । संघीय समाजवादी फोरम नेपाल सप्तरीका प्रचार विभाग प्रमुख बृजमान तामाङद्धारा जारी प्रेस बिज्ञप्ती अनुसार गठित समितिका अध्यक्षमा भुवनेश्वर यादव, उपाध्यक्षहरुमा कैयूब सेख र अनोज यादब, सचिवमा राजेश मण्डल, सह सचिबमा नन्द कुमार साह चयन भएको जनाएको छ । यसैगरी सदस्यहरुमा सहमुल मियाँ, रामसुन्दर यादव, आशाराम महतो, परशुराम साह, डा. महमद मखबुल, टिमाई साह र बिरेन्द्रलाल साह रहेको संघीय समाजवादी फोरम नेपाल सप्तरीद्धारा जारी प्रेस बिज्ञप्मिा जनाईएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *