ससुराद्वारा बुहारीको टाउकोमा घरेलु हतियार प्रहार

ससुराद्वारा बुहारीको टाउकोमा घरेलु हतियार प्रहार
Bwtech New Add With Software & Bull SMS

गाबिस धोबिनीको छोरी तथा पर्साको मुडली गाविसकी बुहारीलाई ससुराले घरेलु हतियार प्रहार गरि घाइते बनाईदिएका छन् ।
मुड्ली ६ बस्ने ५५ वर्षिय ससुरा प्रभु राउत कुर्मीले २५ बर्षिया अञ्जुदेवीलाई गडासी (घाँस काट्ने हतियार)ले हानेका हुन् । अञ्जुको टाउकोको बायाँ भागमा चोट लागेको छ । उहाँको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भईरहको छ । टाउकोमा ७ वटा टाँका लगाईएको चिकित्सकहरुले बताएका छन् ।
घरायसी विवादमा हिजो साँझ साढे ७ बजे ससुरा प्रभुले अञ्जुदेविलाई धारिलो हतियारले अञ्जुका श्रीमान अम्बिका पटेलले बताए । अम्बिका र भाइ विजय पटेलले कमाएर गाउँमा लगानी गरेको ३४ हजार रुपैयाँको विषयमा छलफल भइरहेको समयमा विवाद भएपछि ससुरा प्रभु उठेर गएर गोठमा राखिएको गडासी ल्याएर बुहारीको टोउकोमा हानेका थिए ।
भान्सामा खाना बनाईरहेकै ठाउँमा अञ्जुदेविलाई देउरानी सोचिता देवीले समातेको ससुरा प्रभुले अम्बिका पटेलले बताए । अम्बिकाले जिल्ला प्रहरी कार्यालय पर्सामा घटनाको बारेमा उजुरी दिएका छन् । अम्बिका वीरगञ्जको कुट कारखानामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएकोले कहिलेकाही मात्रे घर जाने हुँदा यसअघि पनि ससुरा प्रभुले छोरी अञ्जुलाई पटक–पटक आक्रमण गरिसकेको अञ्जुका बुवा नागेन्द्र राउत कुर्मीले जानकारी दिए ।
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले घटनाबारे गहिरो अनुसन्धान गरिने बताए । आरोपीलाई पक्रन निर्देशन दिईसकेको उनले जानकारी दिए । म बिसेस धन्यवाद दिन चाहन्छु महिला अधिकारकर्मी तथा पत्रकार आरके पटेल, कविता खड्का, माधुरी महतो, राधेश्याम पटेल र सुरेश बिडारीप्रति उनीहरुको प्रयाशले गाबिस धोबिनीको छोरीमाथि भएको घटनको सत्य तथ्य बाहिर आयो ।
तबरेज अहमदको फेसबुकबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *