आगलागी हुँदा ३ करोड भन्दा बढीको क्षति

आगलागी हुँदा ३ करोड भन्दा बढीको क्षति
Bwtech New Add With Software & Bull SMS

सुनसरी, १३ असोज । सुनसरीको धरान उपमहानगरपालिका–९ स्थित सब्जी लाईनमा बुधबार ग्यास लिक भएर आगलागी हुँदा अन्दाजी ३ करोड भन्दा बढीको क्षति भएको छ ।
किशोर श्रेष्ठको मासु पसलबाट अपरान्ह ३ बजेतिर शुरु भएको आगलागीमा परी टिनको छाप्रामा भएका  कृष्णप्रसाद साक्यको साईकल पसल, राजेश श्रेष्ठको मासु पसल, भुपाल मान शाहीको मासु पसल, अब्बास अन्सारीको झोला पसल, कल्पना बास्तोलाको मासु पसल, आर.के. फर्निचार आंशिक समेत जल्दा तीन करोड वरावरको क्षति भएको बताइएको छ । आगलागीमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी, दम्कल र स्थानिय मानिसहरुको प्रयासमा ४ बजे नियन्त्रणमा लिएको थियो ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *