
वीरगञ्ज, ५ असोज । वीरगञ्जमा भव्यताका साथ विश्व शान्ति दिवस मानइएको छ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको उपलक्ष्यमा स्थानीय शान्ति समिति पर्साले शान्ति दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा मङ्गलबार बिहान वीरगञ्जको घन्टाकरबाट प्रभातफेरी गरी माइस्थानमा कोणसभा गरिएको थियो । कार्यक्रममा शान्ति समितिका संयोजक प्रदिप यादव र पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शान्तिको प्रतिक दुइ जोड परेवालाई उडाएर विश्वमा स्थायी शान्तिको कामना गरेका थिए ।

साथै कोणसभामा सम्बोधन गर्दै संयोजक प्रदिप यादवले शान्तिपूर्ण मैत्री वातावरण बनाउन सरकरले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले शोषित पीडितको नाउमा जनयुद्ध गरेको माओवादी सरकारको नेतृत्व गरेपनि जनयुद्धका पीडितहरुले क्षतिपूर्ति पाउन नसकिनु बिडम्बना भएको बताउँदै पर्साको झबरावासीलाई अबिलम्ब क्षतिपूर्ति दिन अनुरोध गरे । नेता यादवले जनयुद्धको समयमा माओवादीको नाममा पर्साको झबराहामा भएको झडपका पीडितहरुले अहिलेसम्म क्षतिपूर्ति नपाउनु बिडम्बना भएको बताएका थिए । साथै उनले विगत २ सय बर्षदेखि शोषित पीडितहरुले संविधानमा अधिकार नपाएसम्म मुलुकमा स्थायी शान्ति नआउने बताउँदै संविधान संशोधन गरेर मधेसी, जनजाती, मुस्लिम, दलीत सबैको अधिकार सुनिश्चित गर्ने तर्फ विशेष पहल गर्न सरकारसँग माग समेत गरे ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शान्तिबाट नै मुलकको विकास हुने बताउँदै सबैले समुदाय र दलहरुले स्थायी शान्तिको लागी विशेष पहलगर्नु पर्ने बताए ।
शान्ति समितिका संयोजक प्रदिप यादवको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जÞिल्ला अधिकारी केशव राज घिमिरेलगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा सद्भानापार्टीका महासचिव शिव पटेल, प्रेमबाबु पटेललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, पत्रकार समाजसेवी लगायतका उपसिथती रहेका थिए ।



