
अरूण कुमार साह(अनिल)
पूर्व जनमुक्ति सेना कमाण्डर/व्रिगेडियर
समाननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू,
प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौं ।
प्रधानमन्त्री महोदय,इतिहास साचिकै निर्मम र कठोर हुन्छ । म तिमीहरूकै स्कूलिंगबाट जन्मे हुर्केको पात्रहरू मध्ये एउटा सक्रिय पात्र हुँ । तिमी आज फरक दुनियाँको दोसाधमाछौं । तिमीले महसुस गर या नगर म भन्ने महसुस गर्दैछु । जीवन रहुन्जेल गर्नेछु पनि । रत आज बन्द पर्खाल भित्र विगत भन्दा फरक जीवनको फरक पाटोमा फरक महसुस गर्दैछु । जीवन र जगतलाई फरक दर्शनको सूत्रमा उन्ने कोशिस गर्दैछु । समय सापेक्छ जीवन दर्शनको वास्तविकता नियाल्दैछु ।
सर्वोच्च कमाण्डर प्रचण्ड ज्यू, तिम्रै कारण आज जीउँदो शहिदको पंक्तिमा छु म । हामीत अग्यान मान्छे थियौं । तिमीले भन्थ्यौ जनयुध्द लडेपछि मुक्ति पाईन्छ । सायद तिमी र तिम्रो सन्तानले मुक्ति पाए होलान् । तिमीहरूकै कारण आज सारा नेपालीको सपना चकनाचुर भएकोछ ।
शहिद,वन्दी,वेपता,घाईते,अपांगहरूको सपनामाथी खेलवाड भएकोछ । तिमी स्वीकार या नस्वीकार सारा दुनियाँले स्वीकारी सकेकोछ । म दर्जनौ युद्ध मोर्चामा दर्जनौ बमबारूद र गोलीको छर्रा शरीरमा भिरेकोछु । गर्वछ,पछुतो छैन् मलाई । तर,तिमीहरूले आदर्शलाई पैतालामुनी कुल्चीएर तुच्छ स्वार्थका पछाडी नांगै दौडियौ । तिमीहरूको यो तमासालाई भित्रै देखि धिक्कार्न मन लाग्छ ।
महोदय,अझैं पनि मेरो मष्तिकको गिद्दमा दर्जन भन्दा बढी छर्रा छ । सुरूवाती गर्मी र जाडो मौसम्मा पिडाले मुर्छित हुन्छु । चेतना गुमाउनु पर्छ । उपचार सम्भव छैन् । हारेकोछु उपचारको दौड्हामा । अहिलेको नेपाली राजनितिमा लागेको कालो कलंक जस्तैछ मेरो जीवनको अनुभूति । सायद यहि सोचेर विगतमा थुप्रै जनयोध्दाहरूले आत्म हत्या सम्म नगरेको होईन । म भन्ने त्यती निच्च र कायर छैन् । म जीउँदो भूत बनी तर्साई रहनेछु जीवनभरी । यो जीउँदो शहिदको उपाधि भन्दा सुन्दर र महान अजरअमर शहिदको जीवन रहेछ । के गर्ने महोदय, म त्यो उपहार पाउन सकिन । त्यसैले खेदछ मलाई । आफ्नै जीवन धिक्कारछ मलाई -शहिद हुन नपाएकोमा ।
प्रधानमन्त्री महोदय, आज सारा घरपरिवार/जनता त्यागेर पागल खाना जेल भित्र जीवन व्यतित गर्दैछु । ५० जना अँटाउने जेलमा ५०० जना अँटेकोछ । त्यसैमा एउटा मेरो जीवन अँटेकोछ । जेलमा अशान्ति र असैहियताको विगविगीछ । कति सहनु, कतिलाई सम्झाउनु ? त्यसको पनि सिमा हुन्छ नि । सिमा उलंघन गर्नासाथ असिम वरवरताछ यहाँ । अपमानको सलामीछ । सलामको मलामीछ यहाँ । कति पट्टक सजायको भागेदार भए स्वयम थाहाछैन् मलाई । सजायको पनि सिमा हुन्छ । यो कस्तो र कसको लोकतन्त्र हो ? मुर्खलाई लठ्ठीले हिर्काउनु,बुध्दि मानलाई गाली गर्नु भन्दा वेतर रहेछ ।
सर्वोच्च कमाण्डर प्रचण्ड ज्यू, मुलुकमा जति परिवर्तन भए पनि कुनै स्थायी कानुन/संविधान छैन् । सत्य असत्य दुबैको सम्मान जीतछ यहाँ । सत्यलाई असत्यमा वदलिन मिल्छ । यसको लागि वलियो पक्ड र पहुंच हुनु पर्छ । वैधानिक रूपमा कागजी काम पुरागरे काम फते हुन्छ । बलियो पंहुँच र पकड नहुनेहरूको लागी जीवन अन्धकारछ । र,उनकै लागीछ कानुनि घेराबन्दी पनि । भएको सहमती पनी कार्यावयनमा छैन् । कानुनी प्रावधान रूपमा नयाँ देखिए पनि सारमा पुरानै प्रचलन हावीछ । यस्ले अवला र कमजोर बीचको अन्तर कायमछ । लोकतन्त्रको महसुस कहि पनि छैन् । विसतृत शान्ती सम्झौता विरूध्द म माथी अन्तरघात भएकोछ । सत्य निरूपन तथा मेलमिलाप आयोग नाममा मात्र सिमीतछ । अपीस खोलेर राजनितिक कर्मचारी पाल्ने धन्दा भएकोछ । राज्यको ढुकुटी सखाप पार्ने मेलोमेसो छ । ………क्रमश
सप्तरी, राजविराज जेल ।
२०७३/०५/२७
विवेक कुमार यादवको फेसबुकबाट
यो पनि पढनुहोस्ः
-
नयाँ शक्तिका सप्तरी संयोजक अनिलको रिट सर्वोच्चद्वारा खारेज
-
साहको गिरफ्तारी विरुद्ध नयाँ शक्तिद्वारा प्रदर्शन, गृहमन्त्री बस्नेतले आफ्नो खुट्टामा आफै बञ्चरो हानेको छः यादव



