
युएई, २८ भदौ । बकर ईदको अवसरमा गैरआवासीय मधेशी संघद्वारा युएईमा मङ्गलवार मधेशी मिलन समारोह एवम् सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा एनआरएमका संयोजक डा. रबिन्द्र कुमार यादवले मधेशी संस्कृति, सङ्गठनको औचित्य, गतिविधिको बारेमा प्रकाश पार्दै बकरीदको अवसरमा मधेशी समुदायलाई शुभकामना व्यक्त गरेका छन् । अन्तराष्ट्रीय कार्यवाहक अध्यक्ष, बसन्त कुशवाहाले बकरीदको अवसरमा शुभकामना व्यक्त गरे ।
नेपाली मुस्लिम सोसाइटी यूएईका संयोजक फैसल हुसैन, प्रवक्ता नुमान सिद्दीकी, शाहनवाजÞ अख्तरले बकर ईदको शुभकामना व्यक्त गरेका छन् । शुभकामना कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रममे पप्पू मरिक, ब्रजेश शर्मा सिंह, भोगेन्द्र साह, जगत नारायण मुखिया जुगाड़ुलगायतले गायन तथा नृत्य कार्यक्रम पेश गरे । सङ्गठनले युएईमा रहेका मधेशीको हक हितकालागि विभिन्न महत्वपूर्ण काम गर्दैआएका छन् ।



