एमाले नेतालाई मधेशकी छोरीको चोटिलो जवाफ

एमाले नेतालाई मधेशकी छोरीको चोटिलो जवाफ
Bwtech New Add With Software & Bull SMS
sneha jha
स्नेहा झा

आदरणीय कामरेड शंकर पोखरेलज्यू, सम्माननीय केपी ओलीज्यूले सुरु गर्नुभएको कालो वर्णका मधेशी जनताको अपमान गर्ने श्रृंखलाकै क्रममा आएको तपाईको यस अभिव्यक्तिप्रति कुनै आग्रह पुर्वाग्रह नराखी तपाईलाई यति मात्र विश्वास दिलाउन चाहन्छौं की यस वर्ष पनि असोज तीनका दिन नेपाल दुई कित्तामा विभाजित हुने नै छ । मधेशी मोर्चाको बारेमा केही भन्नु छैन । नब्बे प्रतिशत मधेशी जनताले गएको वर्ष असोज तीन गते कालो दिवस मनाएकै थिए । यस वर्ष पनि त्यो कालो दिनको सम्झनामा कालो दिवस मनाइने नै छ । यसबाट तपाईजस्ता गैरकालो वर्णका राष्ट्रवादीहरुलाई पर्नजाने असुविधाप्रति हामीलाई खेद छ ।
दिपावली गर्नेले दिप सजाउने तयारी गरुन् । मधेश अहिले आफ्ना सपुतहरुको वर्षीमा शोकमग्न छ । #असोज३कालोदिन

सामाजिक अभियानकर्मी स्नेहा झाको फेसबुकबाट

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *