इटहरीमा अन्तराष्ट्रिय सितोरियो कराँते प्रतियोगिता भदौ २९ देखि

इटहरीमा अन्तराष्ट्रिय सितोरियो कराँते प्रतियोगिता भदौ २९ देखि
Bwtech New Add With Software & Bull SMS

चन्दन रौनियार
इटहरी, २० भदौ । नेपाल सितेरियो कराँते इटहरी नगर कमिटी र इटहरी ढुवानी ब्यवसायी संघद्वारा संयुक्त रुपमा अन्तराष्ट्रिय सितोरियो कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
आगामी मंसीर ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत मध्यनजर गर्दै भदौ २९ देखि ३१ गतेसम्म इटहरीमा स्वर्गीय सुनिलकुमार अग्रवाल स्मृति आमन्त्रित अन्तराष्ट्रिय सितोरियो कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको हो । आयोजक समितिका संयोजक सन्तबहादुर डुम्जनले दिएको जानकारी अनुसार प्रतियोगिता अन्तर्गत २० केजीदेखि ४५ केजी तौल समुहको जिल्लास्तरीय ३० वटा टिम तथा स्व. सुनिलकुमार अग्रवाल स्मृति अन्तराष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगितामा नेपाल भारत र बङ्गलादेश लगायत गरी १७ वटा टिमको सहभागिता रहनेछ ।
अन्तराष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगितामा पूर्वाञ्चलका ९ वटा भारतको ३ वटा बङ्गलादेशको १ र विभागीय नेपाल प्रहरी सशस्त्र प्रहरी एवम नेपाली सेनाको १–१ सँगै आयोजकको १ गरी १७ वटा टिमको सहभागिता रहनेछ । इटहरीको जनता उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका उत्कृष्ठ खेलाडिहरुले आगामी मंसीरमा पूर्वाञ्चलको सुनसरी मोरङ्ग लगायतका जिल्लामा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सितोरियो खेलमा सहभागि हुने अवसर पाउने जनाईएको छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख १० हजार रुपैयाँ खर्च लाग्ने र प्रतियोगितामा विजेताहरुलाई सिल्ड कप र आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *