• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

विद्यापति स्मृति दिवस काठमाण्डौमा भव्यताकासाथ मनाईने तयारी आरम्भ

विद्यापति स्मृति दिवस काठमाण्डौमा भव्यताकासाथ मनाईने तयारी आरम्भ

सोनु दास
बिराटनगर, १९ भदौ । यसवर्षको कार्तिक धवल त्र्योदशी तिथि अर्थात मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवसको अवसर पारेर काठमाडौंमा भव्यताकासाथ मनाइने निर्णय गरिएको छ ।
मैथिल यूवाहरूको जमातले उक्त समारोहे युवा मैथिली अभियानी प्रशान्त अर्जुन झाको नेतृत्वमा काठमाण्डौमा भव्यतापूर्वक मनाउने निर्णय गरिएको हो । दुई दिवसीय समारोहलाई सफल पार्न उनले आग्रह गरेका छन् ।
नेपाली पछिको प्रमुख भाषाको रूपमा रहेका मैथिली भाषाभाषीको इतिहासमा यो एक अविस्मरणीय कार्यक्रम हुने संयोजनकर्ता प्रशान्त अर्जुन झाले जानकारी गराए । यस्तै मैथिली भाषाकासाथै मिथिला संस्कृति र सभ्यता एवं पहिचानको सदा–सनातन संरक्षित गर्न विभिन्न सत्रमा विचार गोष्ठी, कवि गोष्ठी, विद्वत् सभा आदि कार्यक्रम समेत आयोजना गरिने अभियानी झाले बताए ।
मैथिली विद्वानहरूद्वारा मिथिलाको १३औं र १४ओं शताब्दीको राजनीतिक, सामाजिक, सहित्यिक र सो समयका मिथिलाको सामाजिक राजनीतिक व्यवस्थामा व्याख्यान समेत प्रस्तुत गरिने र विविध बिषयमा परिचर्चा र कार्यपत्रआदि प्रस्तुति गरिने जानकारी मैथिली अभियानी निराजन झाले गराए । कार्तिक २६ र २७ गते प्रस्तावित उक्त कार्यक्रममा ३०लाख रूपैयाँ खर्च हुने उनले बताए । उक्त समारोहकालागि संयोजन कार्य आरम्भ भईसकेकोले विभिन्न क्षेत्रका व्यक्तित्वहरुबाट आवश्यक सल्लाहसुझाव लिने कार्य जारी रहेको उनले जानकारी गराए ।