• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने प्रक्रिया शुरु

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने प्रक्रिया शुरु

काठमाण्डौ, १६ भदौ । जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सुचिकृत गराउनकोलागि नोमिनेशन फाइल तयारीको कार्य अगाडी बढाउने विषयमा विहीवार काठमाण्डौमा बैठक सम्पन्न भएको छ ।
पुरातत्व विभागको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयका महानिर्देशक भेष नारायण दाहाल, प्रवक्ता राम बहादुर कुँवर र भोर तथा मिथिला संस्कृति सम्पदा संरक्षण प्रवर्दन अभियानको प्रतिनिधिहरु बीच महत्वपूर्ण छलफल भएको छ । नोमिनेशन फाइल तयार पार्न टिप्पणी उठाउने लगायतको आवश्यक औपचारीक प्रक्रियामाथि बिस्तृत छलफलकोलागि पुरातत्व विभाग, युनेस्को र अभियानको संयुक्त बैठक असोजको दोश्रो हप्तामा बस्ने तय भएको व्यहोरा भोर संस्थाका अध्यक्ष राजकुमार महतोले जानकारी दिएका छन् ।