राधाकृष्ण मन्दिरको प्रवेशद्वार उद्घाटन

राधाकृष्ण मन्दिरको प्रवेशद्वार उद्घाटन
Bwtech New Add With Software & Bull SMS

राजविराज, ९ भदौ । पूर्व सिंचाई मन्त्री एवम् सप्तरी क्षेत्र नम्वर–३ का सांसद उमेश कुमार यादवले विहीवार एक समारोहका बीच मलेठ स्थित राधाकृष्ण मन्दिरको प्रवेशद्वार उद्घाटन गरेका छन् ।
संसदीय विकास कोषको २ लाख र संसदीय कोष तथा क्षेत्रीय पुर्वाधार कोषको १० लाख गरी कुल १२ लाखको लागतमा निर्मित प्रवेशद्वारको उनले रिबन काटेर उद्घाटन गरेका हुन् । कृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उनले जिल्लाको विकास नहुनुको मुख्य कारण भ्रष्टाचार भएकोले यसलाई जनस्तरबाटै उन्मुलनकालागि प्रयास थाल्नुपर्ने आवश्यकता औंल्याए ।
आफू सिंचाई मन्त्री रहँदा देशमै अन्य जिल्लाको तुलनामा सप्तरीमा बजेट पठाएको जानकारी दिँदै उनले भने ‘यसको सदुपयोग गरियो भने मात्र सिंचाई क्षेत्रमा सप्तरीवासीलाई ठूलो लाभ मिल्नेछ ।’ सम्पन्न भएका योजना कसरी सम्पन्न भयो वा भएन रु यसबारे जनताले समिक्षा गर्नुपर्ने उनले बताए ।
यादव सेवा समितिका अध्यक्ष प्रयागलाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति बिरवल बिराजी यादव, यादव सेवा समितिका सदस्य रघुनन्दन यादव, धर्मशाला समितिका सुगम्बर यादव, डा। काशीनाथ यादव, ई। सुरत यादव, कोषाध्यक्ष बैद्यनाथ यादव, प्रवेशद्वार निर्माण उपभोक्ता समितिका टुनटुन यादवलगायतले मन्तव्य व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *