• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

छिन्नस्ता भगवतीको स्तुतीगानको छायाङ्कन शुभारम्भ

छिन्नस्ता भगवतीको स्तुतीगानको छायाङ्कन शुभारम्भ

राजविराज, ४ भदौ । सामुदायिक रेडियो छिन्नमस्ता एफएमको चर्चित स्तुति गानको छायाङ्कन कार्य शनिवारदेखि शुभारम्भ भएको छ ।
जय छिन्नमस्ता सखडेश्वरी मैया बोलको उक्त स्तुति गानको छायाङ्कन राजविराजमा शुभारम्भ भएको हो । पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालय राजविराजका पूर्व प्राचार्य मीना ठाकुरको शब्द रचना रहेको उक्त गीतमा मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले अभिनय तथा नृत्य निर्देशन गर्न लागेकी छिन् ।
आउँदो विजया दशमी अघि नै रिलिज हुने उक्त गानको निर्देशन सुर्यनारायण साह ‘बैजु’ले गरिरहेका छन् । सामुदायिक रेडियो छिन्नमस्ता एफएमको निर्माणमा छायाङ्कन थालिएको उक्त स्तुति गानको संयोजन श्यामसुन्दर यादव र शिवप्रताप साहले गरिरहेका छन् । सप्तरीका चर्चित गायक देवेन्द्र सोनीद्वारा स्वरवद्ध गरिएको उक्त सखडेश्वरी भगवतीको स्तुति गानको भिडिओ अत्यधिक लोकप्रिय हुनेमा आफू आशावादी रहेको नायिका सरकारले विश्वास व्यक्त गरिन् ।dolly sarkar saptari