• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

१० साउन , काठमाडौं । पन्ध्र वर्ष अगाडि भएको हत्याकाण्डका मूख्य अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ ।

CIB Logo२०५८ साल वैशाख १८ गते राति करिब नौ बजे भक्तपुरको रोजा रेष्टुरेन्टमा भएको ध्रुव गोपाल कर्माचार्यको हत्याकाण्डका मूख्य अभियुक्त दानबहादुर लामालाई सिआइबीले पक्राउ गरेको हो ।

राति करिब नौ बजे रेष्टुरेन्टमा खाजा खाइरहेको अवस्थामा २० जनाको समुहले आक्रमण गरेर घाइते भएका महर्जनको उपचारको क्रममा मृत्यु भएको थियो ।

चक्कु र खुकुरी तथा रडले प्रहार गरेर महर्जनको हत्या गरेर फरार भएका मुख्य दानबहादुर लामालाई भक्तपुर जिल्ला अदालतले २०६४ सालमा जन्मकैद सजायँ सुनाएको थियो ।

घटना पछि लामा मलेसिया र भारतमा लुकिछिपी बस्दै आएका थिए । पछिल्लो समय काठमाडौंको बौद्धमा आफुलाई विवेक, सम्राट योञ्जन जस्ता नामको परिचय दिएर लुक्दै आएका थिए ।

नक्कली परिचय दिएर थान्का व्यवसाय संचालन गरिरहेका तामाङ अन्ततः सिआइबीको फन्दामा परेका छन् । उनलाई सिआइबीले जिल्ला अदालत भक्तपुरमा बुझाएको छ ।