• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

छिन्नमस्ता शक्तिपीठबाट शुभारम्भ भयो मेची–महाकाली रथयात्रा (फोटो फिचर समेत)

छिन्नमस्ता शक्तिपीठबाट शुभारम्भ भयो मेची–महाकाली रथयात्रा (फोटो फिचर समेत)

राजविराज, ३० असार । देशमा शान्ति एवं मानव कल्याणको हेतु सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठ सखडाबाट विहीबार राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा शुभारम्भ भएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको क्रममा बिहान १०ः३७ बजेको साइतमा यज्ञस्थल सखडाबाट रथयात्रा शुभारम्भ भएको हो । मोरङ्गको बाहुनी–३ स्थित याशुक्यानी माता मन्दिरका गुरु गोपाल कोइराला र सखडेश्वरी छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले विधिवत रुपमा पूजाआजा गरी रथयात्राको शुभारम्भ गरेका छन् । उक्त अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान प्रहरीका पूर्वाञ्चल प्रमुख तथा जिल्ला प्रमुखलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । छिन्नमस्ता शक्तिपीठबाट प्रस्थान गरेको रथयात्रा कोचाबखारी, ईटहरी विष्णुपुर, राजविराजको बागेश्वरी, राम मन्दिर, शिव मन्दिर, चण्डी भगवती मंदिर, राजदेवी, गणेश मन्दिर, हनुमाननगरको हनुमान मन्दिर, भारदहको कंकालिनी भगवती मन्दिर हुँदै रथ सुनसरीको विभिन्न स्थान भएर पिण्डेश्वर पुगेको छ । उक्त स्थानमा रात्रीकालिन बास बस्ने कार्यक्रम रहेको पीठाधीश ठाकुरले जाकारी दिए । रथयात्रामा पीठाधीश ठाकुर, गुरु गोपाल कोइराला, महन्थहरु रामशरण साहेब, राम दास, बुचु झा, समितिका कोषाध्यक्ष विजय यादवलगायतका सहभागी भएका छन् ।f
उनका अनुसार नेपालको ७५ वटै र भारतको बिहार राज्यको ३८ वटै जिल्लाको साढे चार महिनाका दरले कुल नौ महिनाको भ्रमण गरी महायज्ञ सुरु हुनुभन्दा एक साताअघि यो रथ यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको महायज्ञ आयोजक समितिको सचिवालयले जनाएको छ । रथयात्राको प्रारम्भिक कार्यक्रम अनुसार रथयात्रा सर्वप्रथम पूर्वाञ्चल क्षेत्रको भ्रमण सम्पन्न गरी पश्चिमतर्फ लाग्ने छ । असार ३० देखि साउन ९ गतेसम्म सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न गाउँ–नगर, मठ–मंदिरको भ्रमण गर्ने क्रममा असार ३० गते सुनसरीको पिण्डेश्वर, असार ३१ र साउन १ गते चतरा, साउन २ गते इटहरी, ३–५ गते विराटनगर, ६–७ गते रंगेली, ८ गते सिजुवा र ९ गते उर्लाबारीमा रथयात्राको रात्रिविश्राम हुने कार्यक्रम रहेको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।e

g

c

h

तस्विरहरुः श्यामसुन्दर यादव/न्यूज टुडे