• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अनिश्चितकालिन रिले अनसन नवौं दिन पनि जारी

अनिश्चितकालिन रिले अनसन नवौं दिन पनि जारी

राजविराज, २६ असार । आन्दोलनरत पक्षको मागलाई राज्यले बेवास्ता गरेपछि सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन अनसनको नवौं दिन आइतवार समेत समेत अनसनले निरन्तरता पाएको छ ।
सङ्घीय गठबन्धनको आह्वानमा जिल्ला स्थित विभिन्न दलहरु सम्मिलित मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा रिले अनसनलाई निरन्तरता दिएका हुन् । रिले अनसनमा सद्भावना पार्टीका केन्द्रीय सदस्य जिस्मुल खाँ, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द कुमार यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य महेन्द्रनारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीको भातृ सङ्गठन युवा लिगका सह–सचिव राकेश साह, तराई मधेश सद्भावना पार्टीका नेता सुकराम सदाय, युवा नेता गजेन्द्रनारायण यादव र नेपाल सद्भावना पार्टीका रामेश्वर मण्डल सहभागी भएका छन् । अनसनमा सहभागी हुन लागेका नेताहरुलाई मधेशी मोर्चाका नेताहरुले माला र अबीर लगाएर स्वागत गरेका छन् भने २४ घण्टासम्म अनसनमा बसेका अनसनकारीहरुलाई जुस खुवाएर अनसन तोड्न लगाएका छन् ।
यस अघि शनिवारको रिले अनसनमा सदभावना पार्टीकी केन्द्रीय सदस्य पुनम यादव, जिल्ला सदस्य अनारदेवी राम, संघिय समाजवादी महिला फोरम नेपालकी जिल्ला अध्यक्ष गीता यादव, सचिव सुचिता यादव, सदस्य सुनिता साह सहभागी भएका छन् । यसैगरी रिले अनसनमा तराई मधेश लोकतान्त्रिक पार्टीकी जिल्ला सदस्य गीतादेवी मण्डल (खङ्ग), तराई मधेश सदभावना पार्टीकी नेतृ निर्मलादेवी सदा र राष्ट्रिय मधेश समाजवादी पार्टीकी जिल्ला सदस्य मीनादेवी सदा समेत रिले अनसनमा सहभागी भएका थिए । शनिवारको रिले अनसनमा बालक ऋषभ प्रताप समेत सहभागी भएका थिए ।