• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कङ्कालिनी मन्दिर समितिको अध्यक्षमा मण्डल

कङ्कालिनी मन्दिर समितिको अध्यक्षमा मण्डल

राजविराज, २३ जेठ । कङ्कालिनी भगवती मन्दिर समिति भारदहको अध्यक्षमा श्यामसुन्दर मण्डल निर्वाचित भएका छन् ।
मण्डलले ४१७ मत प्राप्त गरी मन्दिर समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गजेन्द्र प्रसाद माझीले ३२१ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा हरि राउत ३८५ मत प्राप्त गरी विजयी भएका छन् भने उपाध्यक्ष पदका प्रत्यासी सत्यजीत कुमार झाले ३१३ मत प्राप्त गरेका छन् ।
सचिवमा लक्ष्मण मण्डलले ३३७ मत प्राप्त गरी विजयी भएका छन् । सचिवका प्रत्यासी अशोक कुमार खड्गा २३४ र आकाशकुमार राज भण्डारीले ११० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा सत्यनारायण मण्डलले ३८० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शुभाषचन्द्र झाले २७२ मत प्राप्त गरेका छन् । महिला सदस्यमा प्रमिला देवी मण्डल निर्विरोध निर्वाचित भएका छन् ।
दलित सदस्यमा बुदुर रामले ३५४ मत, कुन्दन कुमार कापैरले ४५३ मत, जमाहर प्रमाणी २८५ मत, जोगेन्द्र मण्डलले ३७५ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी समितिको सदस्यमा राजेश कुमार मण्डलले २८९ मत र सञ्जय कुमार अधिकारीले २८८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक शम्भु झाले जानकारी दिए । समिति चयन गर्नका लागि शनिवार निर्वाचन प्रक्रिया अपनाईएको थियो ।