सितापुरमा आगलागी हुँदा ६ घर नष्ट

सितापुरमा आगलागी हुँदा ६ घर नष्ट
Bwtech New Add With Software & Bull SMS

राजविराज, ६ जेठ । सप्तरीको सितापुर–१ मा बुधवार मध्यराती आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।

स्थानिय राजू चौधरीको गाई गोठमा लामखुट्टे धपाउन बालेको आगोबाट निजका तीन, छिमेकी लखन चौधरी र महेश चौधरीको एक घर जलेर नष्ट भएको हो । समयमा बारुणयन्त्र नपुगेका कारण क्षति बढि भएको स्थानीयवासिन्दाको गुनासो छ । आगो लाग्ने वितिकै राजविराज स्थित बारुणयन्त्र शाखालाई जानकारी गराउँदा २ साता अगाडी नै बारुणयन्त्र मर्मतका लागि इटहरी लगिएको भनि जवाफ दिएको गाउँलेहरुले बताए ।
राजविराज नगरपालिकाको बारुणयन्त्र उपलब्ध नभएपछि सिरहाको लहान नगरपालिकाबाट ढिलो गरी बारुणयन्त्र पुग्नाले ६÷६ वटा घर खरानी भएको उनीहरुको भनाइ छ । राजविराज नगरपालिकामा दुई–दुई वटा बारुणयन्त्र रहेपनि दुवै काम लाग्ने अवस्थामा नहुँदा आगलागी नियन्त्रणमा समस्या परेको यो नयाँ घटना होइन । एउटा बारुणयन्त्र वर्षौदेखि विग्रेर थन्केको र चालू हालतको अर्को पनि हाल विग्रेको कारण आगलागीको जोखिम बढेको हो ।
विग्रेको बारुणयन्त्र समयमा मर्मत गराउने विषयमा तदारुकता नदेखाइदा क्षति बढने गरेको नेपाल नगरपालिका कर्मचारी एसोसिएशन राजविराज इकाइका अध्यक्ष उमेश प्रसाद यादवको भनाई छ । उनका अनुसार ९१ गाविस र ५ वटा नगरपालिका रहेको सप्तरीमा एउटा बारुणयन्त्रको भरमा मात्र आगो नियन्त्रण गर्नुपर्ने अवस्था छ ।
ठुलो आकारको पुरानो बारुणयन्त्र ग्रामिण भेगमा समेत जान् सक्ने भएपनि वर्षौदेखि विग्रेर थन्केको, नयाँ बारुणयन्त्र सानो आकारको रहेको र ग्रामिण भेगमा जान कठिनाई हुने गरेको भएपनि हाल त्यो समेत विग्रिएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए । उनले भने ‘जिल्लामा बारम्बार आगलागीका घटना हुने गरेका छन् तर बारुणयन्त्र भने विग्रेर थन्किएका छन् ।’
यस बारे नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले विग्रेका दमकल बनाउनलाई दरभाउको कोटेशन आह्वानको तयारीमा आफु रहेको भन्दै त्यसपछि मर्मत गरिने जानकारी दिए ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *