योगमा रमाउँदै शिव स्कूलका छात्रछात्राहरु

योगमा रमाउँदै शिव स्कूलका छात्रछात्राहरु
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ जेठ । सप्तरीको राजविराज–८ स्थित शिव ईन्टरनेशनल बोर्डिङ्ग सेकेण्ड्री स्कूलका छात्रछात्राहरु यतिबेला योगा अभ्यासमा रमेका छन् ।
विद्यालयको आग्रहमा पतञ्जली योग नगर समितिले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी योग प्रशिक्षण दिन थालेका हुन् । कला संस्कृति, खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रसिद्धि पाएको उक्त विद्यालयले विद्यार्थीहरुकालागि पाँच दिने योग शिविरको आयोजना गरेका छन् ।
बालबालिकाहरुलाई धुम्रपान, मद्यपान, विकृत विचारबाट मुक्ति दिलाउनुका साथै स्वस्थ, चरित्रवान एवम् जिम्मेवार नागरिक बनाउने उद्देश्यले आफूहरुले प्रशिक्षण दिईरहेको प्रशिक्षण बद्रीराज भण्डारीले बताए । वर्तमान अवस्थामा बालकदेखि बृद्धलाई योगा अभ्यास आवश्यक रहेको बताउँदै उनले भने ‘बालबालिकालाई लक्षित विशेष प्याकेज बनाएर प्रशिक्षण दिईरहेका छौं, हामीले अनुशासन, आदर्शवान एवम् मिलनसारिता सम्वन्धि पनि ज्ञान दिने गरेका छौं ।
विहानको ६ नबज्दै विद्यार्थीहरु कक्षा कोठामा किताबको झोला राखेर योग शिविरमा सहभागी हुन हुइँकिने गर्छन् । गुरुले आफूहरुलाई धर्तीमाता ढोग्ने, आमाबुवा र परिवारका ठूला व्यक्तिलाई खुट्टा छोएर प्रणाम गर्ने, सूर्य नमस्कार गर्ने झगडा नगर्ने, आफूभन्दा सानालाई माया गर्ने, कुलतमा नफँस्ने, झूटो नबोल्ने, गाली नगर्ने, नरिसाउने, नियमित गृहकार्य गर्ने, समयमै सुत्ने र समयमै उठ्ने, व्यक्तित सरसफाइ गर्ने, बुवा आमाले भनेको कुरा मान्ने, चोरी नगर्ने, कितावलाई माया गर्ने लगायतका कुराहरु सिकाएको योग शिविरमा सहभागी कक्षा ३ मा अध्ययनरत खुश्बु यादवले बताईन् । योग प्रशिक्षण कस्तो लाग्छ ? भन्ने जिज्ञासमा उनले भनिन् ‘देशका बाँचौं देशका लागि मर्नेछौ…गीतमा गुरुले डान्स गराउनुहुन्छ, हाँस्न भन्नु हुन्छ, ध्यान गर्न सिकाउनु हुन्छ ।
विद्यार्थीहरुको चौतर्फी विकास आवश्यक रहेकोले विद्यार्थीहरुकालागि विद्यालयमै योग शिक्षा दिने व्यवस्था मिलाएको विद्यालयका प्रिन्सिपल नरेशप्रताप साहले बताए । असल नागरिक बनाउन असल शिक्षा दिनु आफूहरुको दायित्व रहेको बताउँदै उनले भने ‘हाम्रो विद्यालयमा पढ्ने विद्यार्थीहरु हरेक क्षेत्रमा उत्कृष्ट होस् भन्ने उद्देश्यका साथ अहिले योग प्रशिक्षण शिविर समेत विद्यालयमै आयोजना गरेका छौं ।
शिविरको प्रशिक्षकमा बद्रीराज भण्डारी, पतञ्जली योग समितिका जिल्ला अध्यक्ष रामस्वरुप चौधरी, प्रशिक्षक प्रमोद कुमार देव, मिरा गुरुङ्ग, ईन्दु गुरुङ्ग, अनिता भुजेल, रेणु यादव, नगर समितिका अध्यक्ष पंकज कुमार देव, मिना साहलगायतका रहेका छन् ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *