विराटनगरमा अन्तराष्ट्रिय मैथिल सामाजिक अभियन्ता सम्मेलन

विराटनगरमा अन्तराष्ट्रिय मैथिल सामाजिक अभियन्ता सम्मेलन
Bwtech New Add With Software & Bull SMS

विराटनगर, २ जेठ ।  । दुई दिने अन्तराष्ट्रिय मैथिल समाजिक अभियन्ता सम्मेलन –२०१६ विराटनगर शनिवार देखि सुरु भएको छ ।

2
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता

दहेज मुक्त मिथिला –नेपाल भारत)को संयुक्त रुपमा आयोजना भएको अन्तराष्ट्रिय मैथिल सामाजिक अभियन्ता सम्मेलनमा करिव एक ५० जना समाजिक अभियन्ताहरुको सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषा र मिथिला संस्कृतिको संरक्षण अभियान सञ्चालन गर्ने नेपाल भारत सहित अन्य मुलुकमा भइरहेको मैथिली अभियानकोबारे प्रस्तुति गरिएको थियो ।
दहेज मुक्त मिथिलाका अन्तराट्रिय संयोजक संयोजक प्रविण नारायण चौधरीका अनुसार सम्मेलनमा नेपाल क्षेत्रको मिथिला क्षेत्रिय पुरातात्विक धरोहरहरुको बारे पुरात्वविदहरुको धारणा सहितको परिचर्चा गोष्ठी समेत आयोजना गरिएको थियो । सम्मेलनको शुभारम्भ पुरातत्व विभाग नेपालका महानिर्देशक भेष नारायण दहालले गरे । उक्त अवसरमा महानिर्देशक दहालले पुरातत्व विभागले इतिहासिक स्थलहरुको अध्ययण गरेर काम अधि बढाइरहेको बताए ।
मधेशमा रहेको मैथिला क्षेत्रमा पुरातत्व विभागले पुरातत्वहरु अध्ययण गरिदै उत्खन्न गर्नुको साथै संरक्षण र सम्वद्र्धनको कामलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको उनले जानकारी दिए । उनले साहित्य संस्कृतिको धनि रहेको मिथिला क्षेत्रको पुरातत्वको अपेक्षा अनुकुल काम हुन नसकेता पनि आफुहरु गम्भिर भएर संरक्षण र सम्वद्र्धनको कार्यमा लागेको बताए ।
उनले सवै सुझाव र सहयोगमा काम अघि बढाउनु आफुहरु तयार रहेकाले सम्मेलन वाट आएको सुझावलाई प्राथमिकताका साथ राख्ने बताए । सो अवसरमा तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ताले मिथिला भाषा, संस्कृति संरक्षणको लागि राजनीतिक सहयोग गर्न तयार रहेको बताए । मिथिला संस्कृति र भाषा प्रतिको मोह कोशी पुर्व क्रमश कम भइरहेकाले सम्मेलनले सहयोग पु¥याउने बताउदै उनले भने ‘ यसले विकास तथा समाजिक परिवर्तनमा सहयोग पुग्ने छ ।’
नेपाल तर्फको जनकपुर, राजविराज, लहान, विराटनगर लगायतका स्थानामा रहेका पौराणिक पुरातत्विक क्षेत्रमा भइरहेको काम र संरक्षण सम्बन्धि विचार विमर्श भएको थियो । सम्मेलनमा नेपाल सहित भारत तर्फको मधुवनी, सहरसा, पटना, काशी, कानपुर र प्रयाग लगायतका स्थानका सञ्चालित मैथिल भाषा संस्कृतिमा केन्द्रित सत्रहरुको आयोजना गरिएको बताइएको छ ।3
सम्मेलनको आइतवारसम्म सञ्चालन हुने सम्मेलनमा स्थानिय कलाकारहरुसँगै बाहिरबाट आएका कलाकारहरुद्वारा बहुचर्चित हास्य, नृत्य, गीत संगित तथा नाटकहरुको समेत प्रदर्शन गरिएकोे कार्यक्रमका संयोजक प्रविण नारायण चौधरीले बताए ।
संयोजक चौधरीका अनुसार नेपाल तथा भारतको अन्य भाषाका कविहरुलाई सहभागी गराई बहुभाषिक कवि गोष्ठीको समेत आयोजना गरिने छ । सो अवसरमा बक्ताहरुले मैथिली भाषा संस्कृति र सम्वद्र्धन गर्न सवैलाई एक भएर लाग्नुपर्नेमा जोड दिए । करुणा झाको अध्यक्षमा शुरु भएको सम्मेलनमा धिरेन्द्र प्रमर्षि, पुरातत्व विभागका पूर्व निर्देशक तारानन्द मिश्र, आलोक रञ्जन, विहारका पूर्व विधायक अजित आजाद, श्यामसुन्दर यादव लगायतका वक्ताहरुले मिथिलाको विकासमा सवै लाग्ने उदेश्य पुरा हुनुको साथै संरक्षण र सम्बद्र्धन हुनेमा विचार व्यक्त गरे ।

Online Saptari
Online Saptari

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *