राजविराज, १६ वैशाख । वैदेशिक रोजगारीमा जाने कामदारहरुबाट पासपोर्ट बनाउनेदेखि विभिन्न वहानामा रकम असुल्ने नेपाल सरकार कति गैरजिम्मेवार छन् भने कुरा पछिल्लो घटनाले देखाएको छ । आफ्नै देशमा रोजगारी नपाएपछि विदेशिएका युवाहरु सडक दुर्घटना, आक्रमणका साथै बिरामी परेर विदेशमै ज्यान गुमाउने गर्छन् । विदेशमा मृत्यू भएपछि कम्तिमा शवसम्म परिवारजनलाई जिम्मा लगाउन पछि पर्छन् ।
कतारको राजधानी दोहा स्थित कम्पनीमा कार्यरत धनुषाको कुसमाहा सतोखर निवासी जियाउल हक राइनको केही दिन अघि सडक दुर्घटनामा परेर मृत्यू भएको थियो । मृतक जियाउलका अस
हाय आमा–बुवाले छोराको मुख हेर्ने र गाउँमै ईस्लाम धर्म अनुसार अन्तिम संस्कार गर्ने ईच्छा व्यक्त गर्दै भौंतारिरहे । तर राज्यपक्षले कुनै चासो लिएन ।
राज्यको लाचार रबैया देखेर दोहामा कार्यरत मधेशी युवाहरुले आफ्ना सहकर्मीको शव परिवारजनलाई पठाउन सफल भएको छ । प्रवासी मिथिला समाज कल्याण दोहा कतारको व्यापक संघर्ष पश्चात परिवारजनलाई शव पठाउन सफल भएको छ ।
मृतकको आमा–बुवाको ईच्छालाई प्रवासी मिथिला समाज कल्याण दोहा (कतार)को विशेष पहलमा पुरा गर्न सफल भएको छ । समाज कल्याणका प्रतिनिधि समाजसेवी मनीष कुमार रायको संयोजकत्वमा बुधवार नेपाल पठाउन सफल भएको मैथिलीकर्मी अशोक सहनीले जानकारी दिएका छन् ।
सामान्यतया शव फिर्ता ल्याउन लाखौं रुपैयाँक खर्च लाग्ने भएकोले वैदेशिक रोजगारमा मृत्यू भएका व्यक्तिको अन्तिम संस्कार कार्यरत देशमै गर्ने गरिन्छ । सरकारले गर्न नसकेको कार्य प्रवासी मिथिला समाज कल्याणमा आवद्ध श्रमिकहरुले गरेकोमा सतोखरका वासिन्दाहरुले संस्थालाई धन्यवाद दिएका छन् ।