• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सम्पादक यादव र चौधरीलाई रुपन्देहीमा मैथिली सम्मान

सम्पादक यादव र चौधरीलाई रुपन्देहीमा मैथिली सम्मान

राजविराज, १२ वैशाख । मैथिली भाषा, संस्कृति एवम् साहित्यको संरक्षण सम्वद्र्धनमा योगदान पुर्याउने दुई युवा अभियानीलाई ‘मैथिली सम्मान’बाट सम्मानित गरिएको छ ।
मैथिल समाज नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको ‘विद्यापति स्मृति पर्व एवं मैथिल परिवार मिलन समारोह’का बीच सप्तरीका श्यामसुन्दर यादव र मोरङ्ग बिराटनगरका प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको हो । यादव न्यूज मैथिली साहित्य परिषद्का सचिव एवम् न्यूज टुडे दैनिक÷अनलाइनका सम्पादक हुन् । 20160423_145839
पत्रकार एवम् अभियानकर्मी यादवलाई मातृभाषाको उन्नयनमा चिन्तन, वन्दन, एवम् सृजनरत रही मैथिलीको गौरव–गरिमा बढाउनमा समर्पित रहेको भन्दै उक्त सम्मानपत्रमा अगाडि लेखिएको छ ‘पत्रकारिता, सांस्कृतिक सञ्चयन एवम् भाषिक जागरणजन्य अभियानी संलग्नता आदिमा तपाईको विविधामार्गी सक्रियताले मैथिली भाषाको स्वर्णिम विगतको उत्खनन् तथा सुनौलो भविष्य प्रबन्धन गर्नमा ठोस योगदान भइरहेको छ, तपाइको यो सम्वेदना, सोच र सामथ्र्य निरन्तर लहलहाई रहोस् र यो माध्यमबाट मिथिला–मैथिली अझ जगउजागर हुँदै जाओस् यही शुभकामनाकासाथ तपाइमा यो सम्मान सादर समर्पित गरिएको छ ।’ सप्तरीको जमुनी मधेपुरा–छपकी भथौल जन्मथलो भएका पत्रकार यादव बाल्यकालदेखि नै मावली मलेकपुर गाविस–५ खुरहुरियामा रहेर मैथिली कला, साहित्य एवम् संस्कृति संरक्षण सम्वन्धि गतिविधिका साथै पत्रकारिता पेशामा विगत डेढ दशकदेखि सक्रिय भूमिका निभाउँदैआएका छन् ।20160423_145749
यसैगरी अर्का सम्मानित व्यक्तित्व मोरङ्गको बिराटनगर निवासी चौधरी दहेज विरोधी संस्था ‘दहेजमुक्त मिथिला’का अन्तर्राष्ट्रिय संयोजक हुन् । मैथिली जिन्दावाद अनलाइनका सम्पादक समेत रहेका उनी मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा उन्नयनमा महत्वपूर्ण भूमिका निभाउँदैआएका छन् । मैथिलीप्रति समर्पित रहेका चौधरी मैथिलीभाषालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धनमा संघर्षरत दहेज तथा बालविवाह विरुद्धको अभियानलाई जन–जनमा पुर्याउन उनी विभिन्न अभियान सञ्चालन गर्दैआएका छन् ।20160424_171652
मैथिली अभियानीद्वय चौधरी र यादवलाई मैथिल समाज नेपाल रुपन्देहीको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् व्यवस्थापिका संसदका सांसद डा. वीरेन्द्र प्रसाद महतो र आयोजक संस्थाका अध्यक्ष मुखिलाल चौधरीले सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । सोही कार्यक्रममा समाजका आजिवन सदस्य तथा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रसंशा–पत्र प्रदान गरिएको छ ।20160423_133831