
रामनारायण देव, अधिवक्ता तथा राजनीतिक शास्त्री

डा. बाबुराम भट्टराई नेपालका एक उच्च बौद्धिक राजनीतिज्ञ रुपमा परिचित हुनु हुन्छ । उहाँ एक राजनीतिक व्यक्तित्व मात्र नभएर चिन्तक र विश्लेषक पनि हुनुहुन्छ । नेपालका कम्यूनिष्ट आन्दोलनमा लागेका अरु नेताहरुमा उहाँ अब्बल दर्जाको मानिनुहुन्छ । सुरुमा उहाँ नेपाली काँग्रेसको निकट भई पञ्चायती व्यवस्थाको विरुद्धमा लाग्नु भएको थियो । दिल्लीको जवाहरलाल नेहर विश्वविद्यालयमा अध्ययनरत हुँदा नेपाली काँग्रेसका नेता प्रदिप गिरी र दुर्गा सुवेदीहरुसित उहाँको राम्रो संगत थियो । तर पछि उहाँ माक्र्सवादतिर लाग्नु भयो ।
हुनत उहाँ २०२८ सालमा काठमाडौंको अस्कल कलेजमा पढ्दा रामराजा प्रसाद सिंहको पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्नुभएको थियो । २०२८ सालमा रामराजा प्रसाद सिंह राष्ट्रिय पञ्चायतको स्नातक उम्मेदवार भई अत्यधिक मतले विजयी हुनु भएको थियो । उहाँ चुनावी घोषणापत्रकै आधारमा त्रिभुवन विश्व विद्यालयका प्राध्यापकदेखि तमाम बुद्धिजिवीहरुले भोट दिएका थिए । चुनावमा विजयी प्राप्त गरेपछि उहाँले पञ्चायती निरंकुशता विरुद्ध काठमाडौंमा नै क्रान्तिको आहवान गर्दै जुलुस र आमसभा गर्न थाल्नुभयो ।
गणतन्त्रवादी रामराजा प्रसाद सिंहको समर्थनमा अस्कलबाट निस्केको जुलुसमा बाबुराम भट्टराई पनि सामिल हुनु भएको थियो । त्यो नै उहाँको पहिलो राजनीतिक यात्रा अस्कलबाट आई.एस्सी. गरि उहाँ सरकारको छात्रबृत्तिमा दिल्लीमा इन्जिनियरिङ्ग पढ्न जानु भयो । त्यहि माकर्सवादबाट प्रभावित भई कम्यूनिष्ट बन्नुभयो । काठमाडौं फर्केपछि सरकारी नोकरी गर्न पहाडतिर जानुभयो । तर नोकरीबाट असन्तुष्ट भई राजनीति र मानव अधिकार तिर लाग्नु भयो ।
नेपालमा पहिलो पटक डा. ऋषिकेश शाहको अध्यक्षतामा २०४२ सालतिर नेपाल मानव अधिकार संगठनको स्थापना भएको थियो । त्यसमा बाबुराम भट्टराई पनि सदस्य हुनु हुन्थ्यो । त्यति बेला काठमाडौंको पुतली सडकमा त्यसको कार्यालय थियो । संयोगले म डा. ऋडिाकेश शाहलाई भेटन् गएको बेला बाबुराम भट्टराईसित पनि भेंट भएको थियो । त्यहि नै मैले पहिलोपल्ट उहाँलाई चिन्न मौका पाएँ । भट्टराई भूमिगतकालमा मोहनविक्रम सिंहको मशाल हुँदै राष्ट्रिय जनमोर्चासित आवद्ध हुनुभयो ।
पछि २०४६ सालतिर संयुक्त जनमोर्चाको अध्यक्ष भई २०४८ सालको पहिलो संसदको चुनावमा भाग लिइ सांसद बन्नुभयो । तर संसदीय व्यवस्थाको गतिविधिबाट दिक्क भई प्रचण्डको मसाल र एकिकृत जनमोर्चासित माओवादी पार्टी एकिकरण गरि दोश्रो तहको नेता बन्नुभयो । यसरी माकर्सवादबाट विरक्त भई माओवादीको हिंसात्मक आन्दोलन तिर लाग्नु भयो ।
कार्ल माक्र्सलाई प्रायः सबै कम्यूनिष्टहरुले गुरु मान्दै आएका छन् । उहाँको द्वन्द्वात्मक भौतिबवाद, वर्ग संघर्षको सिद्धान्तलाई सबै कम्यूनिष्टहरुले गुरुमन्त्र मान्दै आए पनि माकर्सवादलाई आफ्नै ढङ्गले परिभाषित गर्दै लेलिनले आफ्नै राह लादे, जो कि हिंसा र बलमा आधारित थियो । त्यसपछि चीनका मासोत्सेतुङ्गले साँस्कृतिक क्रान्ति गरि लाखौं जनताको हत्या गरे । त्यसपछि माओवाद भनी नयाँवादको सुरुवात गरे ।
यसरी कम्यूनिष्टहरु बीच तीन धार स्पष्ट रुपमा देखियो । माकर्सवाद, लेलिनवाद र माओवाद माकर्सवादले कल्पना गरेको साम्यवाद र समाजवादको विपरित लेलिनवाद र माओवाद देखाप¥यो । माकर्सवादले जहाँ शान्तिपूर्ण वर्ग संघर्षबाट पुँजीपति र मजदुरहरु बीच अधिकार स्थापित गराउन चाहन्छन भने लेलिन र माओवादले हिंसात्मक आन्दोलनबाट सामम्यवाद स्थापना गराउन चाहन्छन् ।
नेपालमा माओवादीद्वारा हिंसात्मक जनयुद्ध शुरु गरि १७ हजार निर्दोष नेपाली जनताको हत्या गरियो । संसदीय बहुदलीय व्यवस्थाको विरुद्ध १० वर्ष जनयुद्ध गरि अन्त्यमा शान्ति सम्झौता गरि संसदीय बहुदलीय प्रतिस्पर्धामा अवतरण गरे । यसरी प्रचण्ड र बाबुराम भट्टराई यसै व्यवस्थामा चुनाव लडि मुलुकका प्रधानमन्त्रीसम्म पुग्ने सौभाग्य पाउनुभयो । तर अहिले बाबुराम भट्टराई माओवादीबाट राजीनामा दिई नयाँशक्ति निर्माण गर्नेतिर लाग्नु भएको छ ।
नेपालमा माओवादीद्वारा हिंसात्मक जनयुद्ध शुरु गरि १७ हजार निर्दोष नेपाली जनताको हत्या गरियो । संसदीय बहुदलीय व्यवस्थाको विरुद्ध १० वर्ष जनयुद्ध गरि अन्त्यमा शान्ति सम्झौता गरि संसदीय बहुदलीय प्रतिस्पर्धामा अवतरण गरे । यसरी प्रचण्ड र बाबुराम भट्टराई यसै व्यवस्थामा चुनाव लडि मुलुकका प्रधानमन्त्रीसम्म पुग्ने सौभाग्य पाउनुभयो । तर अहिले बाबुराम भट्टराई माओवादीबाट राजीनामा दिई नयाँशक्ति निर्माण गर्नेतिर लाग्नु भएको छ ।
आखिर भट्टराई माओवादी पार्टी किन छाड्नुभयो । किन जनयुद्धको दोश्रो कमाण्डर भएर आन्दोलन हाँक्नुभयो ? किन निर्दोष नेपाली जनताको नृशंस ढङ्गले हत्या गर्नुभयो ?
यसरी यावत प्रश्नहरुको जवाफ जनतालाई चाहिएको छ । मारिका ती निमुखा जनताका हजारौं पत्नी, छोरा, छोरीहरुले असहाय र कष्टपूर्ण जीवन बिताईरहेका छन् । कति अपाङ्ग, टुहुरा र अद्र्धमृत्यु अवस्थामा छन् । तिनीहरुलाई खोई राहत र पुनस्र्थापन ? किन सर्वोच्च अदालतले दोषि ठहर्याएका हत्याराहरुलाई बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा किन संरक्षण दिएको ?
यसरी बाबुराम भट्टराई जस्ता मानवता विरुद्धका अपराधीलाई अन्तर्राष्ट्रिय अदालत सुपुर्द गर्नु पर्ने हो । तर राज्य नै कमजोर र निरिह भएपछि के लाग्छ । माकर्सवाद, माओवादबाट निस्किएर बाबुरामले मधेशवादलाई समर्थन गर्न पुग्नुभएको छ । हालै राजविराजमा उहाँले मधेश आन्दोलनलाई समर्थन गरि मधेशीको हकहितको वकालत गर्नु भएको थियो ।
उहाँ पहिलो संविधान सभामा मधेशवादी सभासदहरुको बहुलताको बेला सभा नै भङ्ग गरि मधेश पति कुठाराघात गर्नुभयो भने दोश्रो संविधान सभामा मधेशलाई निषेध गरि तीन प्रमुख दलीय सिन्डिकेटको साक्षी बन्नुभयो । यसरी डा. बाबुराम भट्टराईको अस्थिर विचार, सिद्धान्त विहिनता र अवसरवादले नेपालको राजनीति दुषित भएको छ ।
संविधानसभाबाट गत आश्विन ३ गते नयाँ संविधान घोषणा भएको ६ दिन पछि नै माओवादीबाट राजीनामा दिनुभयो । त्यसपछि मधेश आन्दोलनलाई जनकपुरमा सम्वोधन गर्न पुग्नुभो । तर त्यहाँ व्यापक विरोध, हुटिङ्ग र नारा पछि सम्बोधन पुरा नगरि फर्किनुप¥यो । यसरी मधेश आन्दोलनबाट बहिष्कृत बाबुराम भट्टराईलाई मधेशीहरुले कसरी स्वागत गर्न पुगे आश्चर्य भएको छ । मधेशका जनताले मधेश आन्दोलनका विरोधी शक्तिलाई मित्र शक्ति ठान्नु भयङ्कर भुल हो ।
विगतमा मधेशवादी दलहरुले एमाओवादी पार्टीको नेतृत्वमा संयुक्त मोर्चा बनाएपछि मधेशको संघियता र सिमाङ्कनको सवालमा तीन दलीय सिण्डिकेटलाई नै साथ दिएको कुरा मधेशका जनताले कसरी विर्सन सक्छन् । यसरी बाबुराम भट्टराईको दिशाहीनता र वैचारिक चञ्चलताले अराजक र लक्ष्यहिन जमात सिर्जना गरि तथा कथित नयाँ शक्ति भन्ने पार्टी गठन गरिएको छ जो कि मधेश र मधेशीको हितमा छैन ।



